Shikhar Insurance

साेमबार सुन–चाँदीको मूल्य सामान्य बढ्यो

सिंहदरबार संवाददाता
२०८० भाद्र २५, सोमबार १२:२७
NIMB
Nabil Bank

काठमाडाैं । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य सामान्य बढेको छ। आज सुन प्रतितोला १ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Citizen Life
Kumar Bank

आइतबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ।

शुक्रबारदेखि प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्