Shikhar Insurance

बैंकहरूले अर्बपतिहरूलाई खोजीखोजी ऋण दिन्छन् तर गरिबलाई पत्याउँदैनन्ः केपी ओली

सिंहदरबार संवाददाता
२०८० भाद्र २५, सोमबार २१:१२
NIMB
Nabil Bank

काठमाडौं । बैंकहरुले ठूला–ठूला अर्बपतिहरु खोजेर लगानी गर्ने, तल साँच्चै जसलाई ऋण चाहिएको छ, उस कहाँ ऋण पुग्दै पुग्दैन्, जो अर्बपति छ उस कहाँ मात्रै ऋण पुग्छ । अर्बपति कहाँ ऋण नपुगोस भन्ने होइन् । ठूला उद्योगका लागि पनि ऋण चाहिन्छ । ठूला उद्योग व्यवसाय पनि सञ्चालन गरिनुपर्छ, त्यो आवश्यक पनि छ । तर, बैंकहरुको ऋण त्यहाँ मात्रै होइन् । गरिब कहाँ, जहाँ सिड मनी छैन, जहाँ कारोबार सुरु गर्न, व्यवसाय सुरु गर्न केही छैन । हो, त्यस्तो ठाउँमा ऋण पुग्नुपर्यो ।

माइक्रोफाइनान्स व्यक्तिसम्म पुग्छ, दुइटा बाख्रा पाल्न ऋण दिन्छ, ६ महिनापछि बेच्दा लगानी पनि उठ्दैन् । त्यसकारण माइक्रोफाइनान्सलाई ठूलो मात्रामा विस्तार गरिनु हुन्न । राष्ट्रिय राजनीति र निर्देशित तथा दलाल राजनीति भए जस्तै देशमा पुँजी पनि दुई खाले छ । एउटा राष्ट्रिय पुँजी र अर्काे दलाल पुँजी । एउटा राष्ट्रिय नीति छ, अर्काे दलाल नीति छ । दलाल पुँजीवाद भनेको पुँजीमा मात्रै हुँदैन ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिलेको सरकारले राष्ट्रिय उद्योगपतिलाई छानीछानी लखेटिरहेको छ । त्यो मीनबहादुर गुरुङलाई किन समातेको ? किन कारबाही गरेको ? पाँच, छ जनाले किनबेच गरिसकेको जमिन उसले त धनी पुर्जा हेर्यो जसका नाममा धनी पुर्जा थियो, उसँग किन्यो । मालपोत गएर धनी पुर्जा लिएर कर तिरेर किनेको जग्गामा कारबाही गर्ने ? अनि के मीनबहादुर गुरुङ भागेर हिँड्थे ? यो सबै तिमीहरु बाँडेर खाउँ भनेर सम्पत्ति छाडेर हिँड्थे ? होइन, त्यो मनाङ मुस्ताङ, लमजुङ, गोरखाको हो कि ओखलढुंगा तिरको भारी बोकेर हिँड्ने, खालीखुट्टा हिँड्ने त्यो गुरुङ यत्रो भाटभेटनीको मालिक बनेर पुँजीपति बन्ने ? भनेर आँखादेखि नसहेको हो । यो राष्ट्रिय पुँजीपतिलाई खेद्ने कुरा हो ।

यस्तै, यती होल्डिंग्सलाई किन खेद्या ? यती होल्डिंग्सलाई खेद्नेहरु दलाल पुँजीपति हुन् । सोलुको एउटा शेर्पा भारी बोकेर हिँड्थ्यो रे बच्चैदेखि । त्यस्तो शेर्पाले आएर यहाँ हवाई जहाज उठाएको छ, पर्यटन पनि चलाएको छ । होटल पनि चलाएको छ । भारी बोकेर हिँड्ने शेर्पाले यत्रो प्रगति गरेको छ । यो त राष्ट्रिय पुँजीपति हो । उसले यहाँ कमाएको पैसा स्विट्जरल्यान्डमा लगेर जम्मा गर्दैन् । उसले माल्दिभ्समा लाँदैन्, श्रीलंकामा पनि लाँदैन । बंगलादेश पनि लाँदैन, भारतमा पनि लाँदैन । मुम्बईमा होटल छैन, श्रीलंकामा होटल छैन ।

यस्तालाई पनि यहाँ चलाउन दिन्छन्, राष्ट्रिय पुँजीपतिहरुलाई छानीछानी लखेटेको छ, त्यसका विरुद्ध कोही बोल्यो भने एउटा सांसद नै समातिन्छ । देशमा दलाल पुँजीपतिहरुको तामासा चलिरहेको छ । अहिले पोलिटिकल स्टन्ट, फण्डा जारी छ, दलाल पुँजीवादीहरुको फण्डा जारी छ । त्यसकारण हामी राष्ट्रिय पुँजी निर्माण गर्न, राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न लागिपरेका छौं ।

( एमालेको सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले राखेको विचारको सम्पादित अंश)

GBIME

प्रतिक्रिया दिनुहोस्