Shikhar Insurance

चरेससहित दुई जना पक्राउ

सिंहदरबार संवाददाता
२०८० भाद्र २६, मंगलवार १३:३२
NIMB
Nabil Bank

खलङ्गा । दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका–९ नायलबाट आज उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालयको टोलीले जाँच गर्दा दुवैजनाको साथबाट गरी आठ किलो आठ सय ५० ग्राम चरेस बरामद भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

धामीको साथबाट ६ किलो र धानुकको साथबाट दुई किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएको प्रहरी निरीक्षक सिंहले बताए। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्