Shikhar Insurance

१९ अंकले घट्यो नेप्से, नेपाल एसबिआई बैंकमा झुम्मिए लगानीकर्ता

सिंहदरबार संवाददाता
२०८० भाद्र २६, मंगलवार १५:४०
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दुई कारोबार दिन सकारात्मक भएर बन्द भएको नेप्से, मंगलबार भने घटेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेञ्न (नेप्से) परिसूचक १९.४२ अंक घटेर १९६७.५७ विन्दुमा झरेको हो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.५० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ अंक घटेको छ।

Citizen Life
Kumar Bank

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे १ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २७६ कम्पनीको २६ हजार ३०२ पटकको कारोबारमा १ अर्ब १३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

नेप्सेका अनुसार यस दिन शुभम पावरको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य ७.५८ प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको सेयर मूल्य करिब ६.७६ प्रतिशत बढेको छ। कारोबारमा आएको थ्रीस्टार हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। भने, सुपरमादी हाइड्रोपावरको सेयर मूल्य ७.२२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल एसबिआई बैंकको सेयर लगानीकर्ताहरु झुम्मिएका छन् ।बैंकको ७ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष स्थानमा रहेको हो ।

त्यस्तै, शिवम् सिमेन्टको ६ करोड ३५ लाख, एभरेष्ट बैंकको ४ करोड ५५ लाख, आइएमई लाइफ इन्सयोरेन्सको ३ करोड २९ लाख र सोल्टी होटलको २ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.०४ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्