Shikhar Insurance

रोलिङ नेक्ससमा आईपीएल नतीजा प्रेडिक्ट गर्नुस्, विजेता बन्नुस्

सिंहदरबार संवाददाता
२०७७ चैत्र २६, बिहीबार १५:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससले नेपालमा खेलकुद र विशेष गरि क्रिकेटको लोकप्रियतालाई मध्यनजर गर्दै आईपिएलका खेलको प्रेडिक्ट एन्ड विन योजना ल्याएको छ । २५ हजार रुपैयाँसम्म जित्न सकिने प्रेडिक्ट एन्ड विन योजना शुक्रबारबाट भारतमा शुरु हुन लागेको आईपीएल (इन्डियन प्रिमियर लिग) खेलका दौरान लागु हुने रोलिङ नेक्ससले बताएको छ ।

प्रतियोगितामा आईपिएल सिजनभरको विजेताले १२ हजार रुपैयाँ नगद र गिफ्ट हृयाम्पर पाउने छ भने क्रमशः दोस्रोले ५ हजार तथा तेस्रोले ३ हजार र उपहार पाउनेछन् । रोलिगं नेक्सस डटकम लगइन गरि अथवा मोबाइल एप डाउनलोड गरि आफ्नो प्रोफाइल बनाएर प्रेडिक्ट एन्ड विन योजनामा सामेल हुन सकिने रोलिङ नेक्ससका एचआर म्यानेजर रञ्जित थापाले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाली खेलप्रेमी युवामाझ क्रिकेटको लोकप्रिययता बढीरहेको देखेर उनीहरुलाई लक्षित गर्दै यस्तो योजना शुरु गरेको थापाले बताए । रोजगारी, उधमशीलता , सशक्तिकरण र संलग्नता गरी चार सिद्धान्तमा आधारित रहेर सञ्चालनमा आएको रोलिङ नेक्ससले आफ्नो चौथो सिद्धान्त संलग्नतालाई बढाउन युवामाझ प्रेडिक्ट एन्ड विन योजना ल्याएको दाबी गरेको छ ।

व्यावसायिक सामाजिक सञ्जालको रुपमा रहेको नेक्ससले आफ्नो मूल उदेश्य रोजगारी सृजना स्वरोजगारी र उधमशीलताको प्रबर्दन बाहेक यस्तो मनोरन्जनसामग्री पस्कने गरेको छ। गत वर्षको आईपीएल २०२० मा पनि बढी खेलप्रेमीले सहभागिता जनाई सफल भएको थापा बताउछन् । यसका सुविधा म्याच भन्दा १२ घण्टा अगाडी प्रेडिक्ट गर्न पाइने म्याचको बारेमा साथिभाईसँग मेसेजबाट कुरा गर्न मिल्ने आफ्नो र्‍यांकिङ हेर्न मिल्नेजस्ता कुरा समेटिएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्