Shikhar Insurance

नाडा अटो शोमा सिट्रोनका गाडीहरू बुकिङ गर्ने ग्राहकलाई २५ हजार आकर्षक उपहार

सिंहदरबार संवाददाता
२०८० भाद्र २७, बुधबार १३:३७
NIMB
Nabil Bank

काठमाडौं । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ । नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुका लागि २५ हजार रुपैयाँसम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

भृकृटीमण्डपमा हिजोदेखि सुरु भएको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । यो स्किमअन्तर्गत सिट्रोन सि३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बिमा र निःशुल्क करको सुविधा पनि पाउन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तैगरी सिट्रोनको विद्युतीय गाडी इ सि३ खरिद गर्न चाहने ग्राहकवर्गहरुले पनि निःशुल्क बिमा र निःशुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यी अफरहरुको साथै ग्राहकवर्गले नाडा अटो शो भरी निःशुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन् । नाडा अटो शो शनिबारसम्म हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्