‘आइएमई पे’को बुवाको मुख हेर्ने दिन लक्षित अफर, ५ हजार बराबरको गिफ्ट ह्याम्पर

सिंहदरबार संवाददाता
२०८० भाद्र २७, बुधबार १८:१६

काठमाडौं। आइएमई पेले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘मेमोरिज विथ फादरस् सेयर द जोइ’ नामक अफर सार्वजनिक गरेको छ।

भदौ २६ देखि भदौ २८ गतेसम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र # babarama राखेर पोस्ट गर्नुपर्ने कम्पनीले जनाएको छ।

उक्त कमेन्टहरूमध्ये सबैभन्दा उत्कृष्ट, रोमान्चक तथा भावुक कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनोट गरिने बताइएको छ। विजेताहरूलाई ह्युमन फिटको ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने आइएमई पेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्