Shikhar Insurance

सिटिजन्स बैंकका ग्राहकलाई अपोलो हस्पिटल्समा उपचार गराउँदा १० प्रतिशतसम्म छुट

सिंहदरबार संवाददाता
२०८० भाद्र २७, बुधबार १८:३५
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित अपोलो हस्पिटलस इन्टरप्राईजेज लिमिटेड बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

अपोलो हस्पिटलस् इन्टरप्राईजेज लिमिटेडका भारतको बिभिन्न ९ स्थानमा रहेका हस्पिटलका नेटवर्कहरुमा यो छुटको व्यवस्था लागू हुने छ । उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा अपोलो हस्पिटल्स इन्टरप्राइजेज लिमिटेडका तर्फबाट भाइस प्रेसिडेन्ट– इन्टरनेसनल बिजनेस डा. कार्तिक अनन्थरामनले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank

सिटिजन्स बैंकको भारतस्थित हस्पिटल्सहरु संगको यो दोस्रो सम्झौता हो । यस अघि बैंकले भारत स्थित मेदान्त– द मेडिसिटि अस्पताल संग बैंकका कार्डवाहक ग्राहक महानुभावहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

यस किसिमको सहकार्यबाट हाल यस बैंकका ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन्।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ८८ वटा शाखा, १ सय ४८ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ एकाइहरुबाट १६ लाख ४५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्