Shikhar Insurance

दरबन्दी कटौती हुँदा फिजियोथेरापी सेवा बन्द

सिंहदरबार संवाददाता
२०८० भाद्र २९, शुक्रबार १६:१३
NIMB
Nabil Bank

भादगाउँ । भक्तपुरको आयुर्वेदिक स्वास्थ्य केन्द्रमा कर्मचारीको दरबन्दी बटौती हुँदा  फिजियोथेरापी सेवा बन्द भएको छ। यसअघि करारमा सेवा गर्दै आएका फिजियोथेरापिष्टको दरबन्दी बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ मा कटौती गरेपछि सेवा बन्द भएको हो । यसले केन्द्रमा उपचारका लागि बिरामीलाई असुविधा भएको छ ।

केन्द्रले सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्दै आएको छ । औषधीसमेत निःशुल्क वितरण गर्दै आएको केन्द्रले फिजियोथेरापी र अकुपञ्चर सेवासमेत निःशुल्क प्रदान गर्दै आइरहेको जनाएको छ । निःशुल्क सेवाभित्र नपरेका औषधीसमेत आफ्नै फार्मेसीमार्फत सहुलियत दरमा बिक्री वितरण गर्दै आएको केन्द्रका प्रमुख रहेका डा नरेन्द्रप्रसाद गिरीले बताए।

Citizen Life
Kumar Bank

गत वर्ष फिजियोथेरापिष्टले कारारमा रही सेवा दिँदै आएकामा यस वर्ष उक्त दरबन्दी काटिएपछि सेवा पुनः सञ्चालन गर्न नसकिएको उनले बताए। “तलबका लागि बजेट छ । तर मन्त्रालयले यस वर्षको दरबन्दीमा फिजियोथेरापिष्टको दरबन्दी कटौती गरेकाले हाल सेवा पुनः सञ्चालन गर्न सकिएको छैन,” प्रमुख गिरीले भने। उनले मन्त्रालयमा यस बारेमा जानकारी गराएर दरबन्दीका लागि ताकेता गरिरहेको जानकारी दिए।

केन्द्रमा गत आवदेखि फिजियोथेरापी र अकुपञ्चर सेवा सुरु भएको थियो । ती सेवाका कारण आयुर्वेदिक उपचार पद्धति र केन्द्रको सेवामा स्थानीयको आकर्षण बढेको थियो । सोही कारण केन्द्रमा दैनिक एक सयभन्दा बढी सेवाग्राहीको चाप हुने गरेको प्रमुख गिरीले बताए। उनका अनुसार आव २०७८/७९ मा केन्द्रबाट १४ हजार एक सय ४० जनाले सेवा लिएका भने आव २०७९/८० मा १९ हजार आठ सय ८० ले सेवा लिएका थिए । फिजियोथेरापी सेवा सुरु भएको छोटो समयमा करिब एक हजार जनाले सेवा लिइसकेका उनले जानकारी दिए।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्