Shikhar Insurance

फुडमान्डुमा ५ सयभन्दा कममा पनि फुड अर्डर गर्न मिल्ने, अब डेलिभरी शुल्क कम

सिंहदरबार संवाददाता
२०८० भाद्र ३१, आईतवार १५:४३
NIMB
Nabil Bank

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले ५ सय रुपैयाँको न्यूनतम अर्डर रकमको नीति हटाएको छ । साथै, फुडमान्डुले छोटो दूरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको छ ।

अब ग्राहकहरुले ५ सय रुपैयाँभन्दा कमको पनि अर्डर गर्न सक्नेछन् र यस्ता अर्डरमा मात्र ५० रुपैयाँको न्यूनतम शुल्क लाग्नेछ । ग्राहकहरुको सुझावलाई मध्यनजर गर्दै फुडमान्डुले सो नीति परिर्वन गरेको हो। अब ग्राहकहरूले जतिसुकै रकमको अर्डर गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank

साथै, फुडमान्डुले आफ्नो डेलिभरी शुल्कको नीतिमा पनि परिवर्तन गरेको छ । जसले गर्दा छोटो दूरीबाट अर्डर गर्ने ग्राहकहरुलाई फाइदा पुग्नेछ । हालसम्म उपभोक्ताले छोटो दूरीको डेलिभरीको लागि पनि ५० रुपैयाँको न्यूनतम डेलिभरी शुल्क तिर्नुपर्ने थियो ।

परिवर्तित नीतिअनुसार अब १.५ किलोमिटरसम्मको दुरीका लागि २५ रुपैयाँ र सोभन्दा माथिको दुरीका लागि थप २५ रुपैयाँ प्रतिकिलोमिटर तिर्नुपर्ने हुन्छ । यद्यपि, १ हजार रुपैयाँभन्दा बढीको अर्डरका लागि भने जतिसुकै लामो दुरीमा पनि बढीमा ७५ रुपैयाँ डेलिभरी शुल्क तोकिएको छ ।

नयाँ नीतिबारे फुडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, “५ सय रुपैयाँको न्यूनतम अर्डर गर्नुपर्ने बाध्यतालाई हामीले सदाका लागि हटाएका छौं । साथै हामीले हाम्रो डेलिभरी शुल्कमा पनि ग्राहकवर्गलाई फाइदा हुने गरी केही हेरफेर गरेका छौँ । आजसम्म हामीलाई साथ दिनुहुने र माया गर्नुहुने उपभोक्ताहरुको सुझाव र प्रतिकृयालाई प्राथमिकतामा राख्दै हामीले यो कदम चालेको छौँ । हामीलाई आशा छ कि हाम्रो यो निर्णयले हाम्रा उपभोक्ताहरुलाई अझै राम्रो सेवा प्रदान गर्नेछ ।”

सन् २०१० देखि सञ्चालनमा आएको फुडमाण्डु नेपालको पहिलो फुड डेलिभरी कम्पनी हो । फुडमाण्डले हालसम्म ४ लाखभन्दा बढी ग्राहकलाई ८ सयभन्दा बढी रेष्टुरेन्टमार्फत काठमाडौं उपत्यका र पोखरामा आफ्नाे सेवा प्रदान गर्दै आएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्