Shikhar Insurance

कतिसम्म प्राकृतिक विष भएको तरकारी बेच्नयोग्य ? सरकारले १० तरकारीमा पहिलोपल्ट तोक्यो मापदण्ड

सिंहदरबार संवाददाता
२०७७ चैत्र २७, शुक्रबार १२:४४
NIMB
Nabil Bank

काठमाडौं । सरकारले १० प्रकारका तरकारी र फलफूलमा विषादीको अधिकतम सीमा तोकेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुई प्रकारका फलफूल, सात वटा तरीकारी र चियामा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा (म्याक्सिमम रेजिड्यु लिमिट) तोकेको हो ।

यी फलफूल र तरकारीजन्य उत्पादनमा ढुसीका कारण उत्पन्न हुने प्राकृतिक विषको मात्रा नेपालमा पहिलो पटक तय भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

गुणस्तर निर्धारण आदेश मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि राजपत्रमा सूचना प्रकाशित भएको छ । राजपत्रअनुसार स्याउ, केरा, करेला, भान्टा, बन्दा, काउली, भिन्डी, आलु, टमाटर र चियामा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा तोकिएको हो ।

मापदण्डअनुसार केरामा ४२, स्याउमा २७, भन्टामा २१, करेलामा १, बन्दामा ३५ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा तोकिएको छ । आलुमा ७१, काउलीमा १३, भिण्डीमा ३ र गोलभेंडामा ७४ तथा चियामा १९ वटा अवशेषको अधिकतम सीमा निर्धारण भएको विभागले जनाएको छ ।

उल्लेखित सीमाभन्दा बढी मात्रामा विषादी प्रयोग गरेको पाइए खाद्य ऐन अनुसार कारबाही हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्