Shikhar Insurance

नाडा अटो शो २०२३ मा ५ सयभन्दा धेरै टाटा टियागो इभीको बुकिङ

सिंहदरबार संवाददाता
२०८० आश्विन १, सोमबार १६:५८
NIMB
Nabil Bank

काठमाडौं । नेपालका लागि टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोमा ५ सयभन्दा बढी टाटा टियागो इभीको बुकिङ गरेको छ । कम्पनीका अनुसार टाटा टियागो इभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

विशेषतः सुरुवाती मूल्य २१.९९ लाख रूपैयाँमा नेपाली बजारमा सार्वजनिक गरिएको टियागो इभीको अटो शोको ६ दिनमा ५ सयभन्दा बढी बुकिङ भएको कम्पनीले जनाएको छ । साथै नाडा अटो शोमा नै लन्च गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ पनि उल्लेखनीय रहेको छ ।

Citizen Life
Kumar Bank

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले अटो पारखीमा टाटा मोटर्सका गाडीहरुमा आकर्षण देखिएको बताए । “नाडा अटो शोमा जुन प्रकारको उत्साह सर्वसाधारण अटो पारखीले टाटा मोटर्सका गाडीहरुमा देखाए, त्यसले हामीमा थप उर्जा थपिदिनुभएको छ । साथै जुन हिसाबले टाटा मोटर्सका गाडीहरुप्रति चासो मात्र नभएर बुकि पनि गरिदिनु भएको छ, त्यसले हामीले नेपाली जनताको चाहअनुसारको गाडीहरु ल्याउन सफल भएको महसुस गरेका छौ । र, भविष्यमा पनि बजारको माग अनुसारको गाडीहरु नेपालमा भित्र्याउने दृढ़ संकल्प लिएका छौँ,’ उनले भने ।

टाटाका गाडीहरु उत्कृष्ट विशेषतायुक्त छन् । अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य विशेषताहरु छन । जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायीता छन् । क्रुज कन्ट्रोलसहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पलगायत विशेषताहरु छन् ।

यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामका लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्छ । सुरक्षाका लागि यसमा एन्टी–लक ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् ।

त्यसैगरी, टाटाको “न्यु फरेभ” रेञ्जअन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरु हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्