Shikhar Insurance

‘हर्षको नयाँ वर्ष’मा ६२ प्रतिशतसम्म छुट

सिंहदरबार संवाददाता
२०७७ चैत्र २७, शुक्रबार १६:३८
NIMB
Nabil Bank

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ वर्षलक्षित ‘हर्षको नयाँ वर्ष’ योजना सार्वजिनक गरेको छ । इन्टरनेट सेवाप्रदायक कम्पनीले कोरोना महामारीले सन्त्रस्त बनाएको २०७७ सालको बिदाइसँगै नयाँ वर्ष २०७८ सालले सुख, समृद्धि र सुस्वास्थ्य ल्याउने अफर ल्याएको जनाएको छ ।

योजनाअनुसार १२ महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेजमा समग्रमा ६२ प्रतिशतसम्म छुट पाइन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा पनि बाह्रै महिना नेट टीभीको सेवा निःशुल्क पाइने कम्पनीले जनाएको छ । यसमा तीन महिना नेट टीभी प्राइम प्याकेज पनि पाइने जसमा फिल्म हेर्न सकिनेछ । वाईफाईका लागि डुएल ब्यान्ड राउटर सित्तैमा उपलब्ध गराउने पनि कम्पनीले उल्लेख गरेको छ । यससँगै जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेटअप बक्स पनि निःशुल्क हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्