Shikhar Insurance

एमाले संसदीय दलमा माधव समुहको बहुमत, प्रदेश २ मा फेरियो दलको नेता

सिंहदरबार संवाददाता
२०७७ चैत्र २९, आईतवार २०:०८
NIMB
Nabil Bank

धनुषा । नेकपा(एमाले) संसदिय दलमा बहुमत पुगेपछि प्रदेश २ को संसदीय दलको नेता परिवर्तन भएको छ । आइतबार बहुमत सांसदहरुको बैठकले सत्यनारायण मण्डललाई संसदीय दलको नेताबाट हटाएर शत्रुघन महतोलाई नेता छानेको हो । प्रदेश २ मा एमालेका २१ सांसद छन् । तिमध्ये १३ सांसदको उपस्थितिमा बैठक बसी महतोलाई दलको नेता छानेको हो ।

दलको उपनेतामा रवीन्द्र बैठा चयन भएका छन् । यस्तै, सुन्दरबहादुर विश्वकर्मालाई प्रमुख सचेतक र बेचु लुंगेलीलाई सचेतकमा राखिएको छ । यी दुबै यसअघि पनि यही पदमा रहेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्