Shikhar Insurance

सोमबार १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

सिंहदरबार संवाददाता
२०७७ चैत्र २९, आईतवार २०:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत सोमबार उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागिएको जनाएको छ ।

त्यसमा आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै दुई अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि हो । सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही चैत २३ गतेसमेत २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो । रासस

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्