Shikhar Insurance

पोषण सेवा विस्तारमा तेस्रो रणनीति, ५ वर्षमा कस्तो बन्छ नेपाल ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३०, सोमबार २०:१३
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसंघीय पोषण सेवा विस्तार अभियान (स्केलिङ अप न्युट्रिसन मुभमेन्ट) को तेस्रो चरण (सन् २०२१–२०२५) को पाँच वर्षे रणनीति कार्यक्रमको सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका माझ आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले आगामी ५ वर्षभित्र खाद्य सुरक्षा तथा पोषणका सवालमा गरिने रणनीतिक कार्यक्रमको प्याकेज सार्वजनिक गरे ।

सो अवसरमा कँडेलले बहुक्षेत्रीय पोषण योजना–दोस्रो (२०७५/७६–२०७९/८०) को प्रगति समीक्षा गर्दै आगामी आर्थिक वर्षमा उक्त योजना अन्तर्गत सञ्चालन गरिने कार्यक्रमको बारेमा समेत प्रकाश पारे । कार्यक्रममा सरोकारवालाहरू नेपाल पोषण सेवा विस्तार अभियानको सक्रिय सदस्य भएकाले बहु क्षेत्रीय पोषण योजना कार्यान्वयनको साझा अभियानको तेस्रो पाँच वर्षे रणनीतिको कार्यान्वयनमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

बहुक्षेत्रीय पोषण योजनासँग सम्बन्धित मन्त्रालय, विभागका साथै पोषण तथा खाद्य सुरक्षा सम्बन्धी विज्ञहरुको समूह, विकास साझेदार निकाय, जेनेभा स्थित पोषण सेवा विस्तार सम्बन्धी विश्वव्यापी अभियानको सचिवालय, निजी क्षेत्र र नागरिक समाज आदिका प्रतिनिधिहरुको सहभागितामा र राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा.उषा झाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा पोषण सेवा विस्तार अभियानको तेस्रो चरणको रणनीति सार्वजनिक र बहुक्षेत्रीय पोषण योजनाको समीक्षा भएको हो ।
विभिन्न तह र क्षेत्रबाट सञ्चालन गरिएको पोषण सम्बन्धी कार्यक्रम तथा सेवाहरुलाई विश्वव्यापी रुपमा विस्तार गरी विशेषगरी किशोरी, महिला तथा बालबालिकामा हुने सबै प्रकारका कुपोषणको अन्त्यका लागि संयुक्त राष्ट्रसंघको पहल र सदस्य राष्ट्रहरुको नेतृत्वको अवधारणामा संयुक्त राष्ट्रसंघीय पोषण सेवा विस्तार अभियान सन् २०१० बाट शुरु भएको हो । नेपाल सो अभियानमा सन् २०११ मे मा आवद्ध भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्