Shikhar Insurance

एलपी ग्यास उद्योग संघमा घिमिरेको अध्यक्षतामा निर्विरोध छानियो नेतृत्व

सिंहदरबार संवाददाता
२०८० आश्विन १०, बुधबार २०:४३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघको कारसमिती सदस्य समेत रहेका घिमिरेले यसअघि पनि ग्यास उद्योग संघको नेतृत्व गरिसकेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

मंगलबार राजधानीमा सुरु भएको संघको २८ औं वार्षिक साधारणसभाले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र दुई उपाध्यक्षमा दिवानबहादुर चन्द र सुरेन्द्रराज पौडेल निर्वाचित भए ।

संघको महासचिवमा जीतबहादुर कार्की, कोषाध्यक्षमा आशिष जजोदिया र सचिवमा अमित अग्रवाल निर्वाचित भएको निर्वाचन समितिका संयोजक गोकुल भण्डारीले जानकारी दिए ।

संघको सदस्यहरुमा सुनिल सिन्हा, लोकहर्ष शाक्य, आदित्य पराजुली, आयुष नेपाल, योगेश पौडेल, युवक राजभण्डारी र बुद्धि डल्लाकोटी निर्वाचित भएका छन् ।

यस्तै, मनिषकुमार जोशी र निर्मल कुमार खत्री क्षेत्री सदस्य मनोनित भएको जनाइएको छ

 

GBIME

प्रतिक्रिया दिनुहोस्