Shikhar Insurance

समृद्धिको ढोका खोल्दै मध्य पहाडी लोकमार्ग

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३१, मंगलवार १०:२०
NIMB
Nabil Bank

काठमाडौं । संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का नेतृत्वको संसदीय टोलीले पुष्पलाल मध्यपहाडी लोकमार्गको स्थलगत अवलोकन भ्रमण गरेको छ । आयोजना सम्वद्ध प्राविधिकहरुसहितको भ्रमण दलले पोखरा हुँदै डडेल्धुरासम्म लोकमार्गको बाटो हुँदै अवलोकन गरेको हो ।

चैत २५ गते पोखराबाट सुरु भएको अवलोकन भ्रमण ३० गते डडेल्धुरा पुगेर टुंगिएको थियो । टोलीले अवलोकनका क्रममा पुरै अवधी मध्यपहाडी लोकमार्गबाटै अघि बढेको थियो । ‘मध्य पहाडमा विकास र समृद्धिको ढोका खोल्ने सडकको एलाइनमेन्ट बाटै हामीले पश्चिम खण्डको यात्रा गर्यौं, यसले पहाडको जीवनमा साच्चै परिवर्तन ल्याउनेछ’, विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले भनिन् ।

Citizen Life
Kumar Bank
Nepal Life

टोलीले बाग्लुङको बुर्तिबाङमा ५० जनाको सहभागीतामा अन्तरक्रिया गरेर सडक निर्माणबारे छलफल गरेको थियो । सोही दिन जाजरकोटको खलंगा पुगेर करिब ४० जना सरोकारवालासँग अर्काे अन्तरक्रिया सम्पन्न गरेको थियो । चैत २८ गते दैलेख पुगेको टोलीले त्यहाँ पनि ५० जनाको सहभागीतामा सडक निर्माणबारे वृहद छलफल गरेको थियो ।

सोही दिन साँझ अछामको मंगलसेनमा ३० जनाको सहभागीतामा अर्काे अन्तरक्रिया आयोजना भयो । टोली अछामबाट डोटी हुँदै डडेल्धुरासम्म पुगेको थियो । करिब ७ सय किलोमिटर यात्रा गाडीबाटै त्यो पनि अधिकांश निर्माणाधिन कच्ची सडकबाट तय गरेको टोलीले मध्यपहाडी क्षेत्रमा विकासको प्रचुर सम्भावना रहेको निष्कर्ष निकालेको छ । ‘जैविक विधिकता र हावापानीका कारण यो सडक मध्यपहाडको जीवन बदल्ने कोशेढुंगा हो’, सभापति खड्काले भनिन् ।

भ्रमण दलमा सभापति खड्का, सांसदहरु टेक बहादुर बस्नेत, यज्ञराज सुनुवार र बिना कुमारी श्रेष्ठ सहभागी थिए ।जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी पुल वर्षाैदेखि अलपत्र देखियो । निर्माण व्यवसायीले चरम लापरवाही गरेको तथ्य उजागर भएको सभापतिले बताइन् ।

जाजरकोटको मन्ताभिरमा ट्रयाक खोल्न बाँकी नै छ । डडेल्धुरा खण्डमा पनि केहि ठाउँमा ट्रयाक खोल्न बाँकी रहेकाले टोली झुलाघाटसम्म भने पुगेन् । ‘हामीले मध्य पहाडको दैनिक बदल्ने सडकको पश्चिम खण्ड अवलोकन गर्यौं, त्यहाँको जीवनलाई बुझ्ने प्रयास गर्यौं’, विकास समितिका कर्मचारी समिर गौतमले सिंहदरबारसँग भने । समितिले अवलोकन भ्रमणमा देखिएका तथ्यहरुलाई समेटेर प्रतिवेदन बनाई कार्यान्वयनका लागि पठाउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्