गलैंचा उत्पादक संघमा गुरुङ

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३१, मंगलवार ११:१५

काठमाडौं । नेपाल गलैचा उत्पादक तथा निकासी संघको अध्यक्षमा रामवहादुर गुरुङ निर्वाचित भएका छन् । संघको हिजो सोमबार भएको तेस्रो साधारण पछि भएको निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो । गुरुङ हिमालयन डेकोर रग्सका सञ्चालक हुन् ।

संघको नयाँ कार्यसमितिमा तेञ्जीङ शेर्पा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यसरी नै समिक विक्रम शाह, निमा लामा र हिरावहादुर लामा उपाध्यक्षमा निर्वाचित भएका छन् भने दावा शेर्पा महासचिव बनेका छन् ।

बलराम गुरुङ र देवआनन्द सारावगी सचिवमा चयन भएका छन् । कोपाध्यक्षमा दानवहादुर चन्द ठकुरी र सह–कोषाध्यक्षमा राधा पन्त चयन भएका छन् । संघमा सात जना सदस्य रहेका छन् । नव निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्