Shikhar Insurance

आफ्ना उडान संक्रमणरहित रहेको बुध्द एयरको दाबी, भन्यो– फेरि लकडाउन नगरौं

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३१, मंगलवार १२:१४
NIMB
Nabil Bank

काठमाडौं । बुध्द एयरले आफूमार्फत् उडान गर्ने सबै यात्रु संक्रमणरहित रहेको दाबी गरेको छ । कम्पनीले सुरु देखिनै कोभिडविरुद्धका ‘सुरक्षा निर्देशिका’ बनाई सम्पूर्ण कर्मचारीलाई सुरक्षा तालिम, जनजागरण तथा पिपिई प्रदान गरेको थियो, जुन अहिले पनि जारी रहेको बताएको छ ।

संक्रमणरहित हवाई यात्राका लागि आफूहरू प्रतिवद्ध रहेको बताउँदै बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, तापक्रम चेकजाँच, ह्यान्ड स्यानिटाइजको प्रयोग अनिवार्य बनाएको बताए । उनका अनुसार हरेक उडानको यात्रु डाटावेस कम्प्युटरकृति गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

“सरोकारवाला निकायले मागेको खण्डमा हामी तुरुन्तै दिनसक्छौं,” केसीले भने । यसले करोना रोकथाममा सहायक हुने बजार निर्देशक जोशी बताउँछन् ।

केही महिनाको सुशुप्ततापछि अहिले कोभिड संक्रमण बढेको छ । अति आवश्यक सेवाअन्तर्गत पर्ने आन्तरिक वायुसेवा भदौदेखि खुला छ ।

बुध्द एयरका अनुसार कम्पनीका सबै कर्मचारीहरुले करोनाविरुद्धको पहिलो खोप लगाइसकेका छन् । अब दोस्रो डोज वैशाख १० भित्र लिइसक्ने विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा बुध्द एयर पूर्ण सुरक्षित रहेको र यात्रुहरु सुरक्षित उपाय अपनाई ढुक्क भएर यात्रा गर्ने बताइएको छ ।

हवाई उडान पुनः शुरु भएपछि अर्थतन्त्र पनि चलायमान भएको छ । स-साना पसलदेखि ठूलठूला होटल, पर्यटकीय यातायात तथा गतिविधिहरु फेरि सुचारु भएका छन् । अहिले पुनः ठूलो जनशक्तिले रोजगार पाइरहेका छन् । तसर्थ उडान सहज सरल र संक्रमणरहित बनाउन यात्रुहरुको पनि उत्तिकै भूमिका रहेको हुँदा निर्देशिका पालना गर्न बुध्द एयरले अनुरोध गरेको छ ।

पहिलो लकडाउनताका आम नेपालीहरु खाद्यान्न भ्यान, गाडी, एम्बुलेन्स आदि इत्यादीमा कोचिएर लामो यात्रा गर्न वाध्य भएका थिए । सुरक्षित उपायहरु अपनाईएका थिइएन । परिणामतः संक्रमण धेरै देखिएको थियो ।

कम्पनीले भनेको छ, “अब फेरि यस्तो लकडाउन दोहरिनु हुँदैन ।”

GBIME

प्रतिक्रिया दिनुहोस्