Shikhar Insurance

२०७७ को सेयर बजारः निराश सुरुवात, हर्षले रेकर्डै रेकर्डको बहार

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३१, मंगलवार १५:५२
NIMB
Nabil Bank

काठमाडौं । वर्ष वि.सं. २०७७ सेयर बजारको इतिहासमा फरक वर्ष रह्यो । सेयर बजार परिसूचक नेप्से अनेकौंपल्ट इतिहासको उच्च बिन्दुमा पुग्यो ।

वर्षको सुरुमै करिब २ महिना सेयर बजार बन्द हुँदा निराश बनेका लगानीकर्ता वर्षको पछिल्लो चौमासिक अवधिमा खुसी बने । यसर्थमा वर्ष २०७७ ले लगानीकर्तामा निम्त्याएको निराशालाई हर्षले पुर्ति गर्‍यो ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ वर्ष २०७७ लाग्दै गर्दा सेयर बजार बन्द थियो । तर, वर्ष अन्त्य हुँदै गर्दा लगानीकर्ता मालामाल बने । अहिले नेप्से परिसूचक निरन्तर उकालो लाग्दो छ ।

कोभिडको प्रभाव घट्दै जाँदा लगानीकर्ता सेयर बजारतर्फ आकर्षित हुन थाले । बजारमा पर्याप्त रहेको तरलता र कम ब्याजदरले सेयर बजारलाई टेवा दियो ।

एक वर्षमा नेप्से परिसुचक १४६३.३४ अंकले बढेको छ । १२५१.४५ अंकबाट सुरु भएको बजार २७१४.७९ अंकमा बन्द भएको हो ।

वि.सं. २०७७ लाई सेयर बजारले हरियो बनेर बिदा गरिसकेको छ । वर्षको अन्तिम कारोबार अर्थात् मंगलबार नेप्से २३.२३ अंकले बढेर बन्द भएको हो ।

नेप्से परिसूचक २७ सय अंक पार गर्दै २७१४.७९ अंकको ऐतिहासिक बिन्दुमा पुगेको छ । अघिल्लो दिन पनि नेप्सेले नयाँ इतिहास कायम गरेको थियो ।

लगातार उकालो लागेको नेप्सेको वृद्धिको क्रम वर्षको अन्तिम दिन पनि जारी रहँदा नयाँ इतिहास कायम भएको हो । अन्तिम दिन कारोबार सुरु भएको केही मिनेमै नेप्सेले २७ सय अंक पार गरेको थियो । त्यसयता सामान्य रुपमा ओरालो लागेर परिसूचक पुनः बढ्न थालेर नयाँ बिन्दुमा पुगेको हो ।

वि‍‍‍.सं. २०७७ ले सेयर बजारलाई विस्तारै परिपक्व बनाउँदै लगेको छ । सेयर बजारमा पनि नयाँ नयाँ अभ्यास हुन थालेका छन् । जसले कारोबार पक्रियालाई थप परिस्कृत बनाएको छ ।

धितोपत्र बजारमा डिम्याट खातावाहकको संख्या ३४ लाख माथि पुगिसकेको छ । दोस्रो बजारमा अनलाइनमार्फत् कारोबार गर्नेको संख्या ५ लाख ७६ हजार ९ सय ६२ (अनलाइन युजरनेम र पासवर्ड लिनेको संख्या) उत्तिकै छ । सेयर बजारमा नीतिगत व्यवस्था दिन प्रतिदिन थपिँदो छ । बुक बिल्डिङ थपिएको नयाँ व्यवस्था हो । यद्यपी पूर्णरुपमा कार्यान्वयनमा आइसकेको छैन ।

नयाँ अभ्यास भएको विषय नागरिक स्टक डिलरले काम सुरु गरिसक्नुले पुष्टि गर्दछ । बजारमा इन्ट्रो डे कारोबारको सम्भावना अध्ययन भइसकेको छ ।

गत माघ २६ गते सेयर बजारमा हालसम्मकै सबैभन्दा बढी १० अर्ब ६१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । गत मंसिर १० गते नेप्सेले यसअघिको १८ सय ८१ अंकको रेकर्ड पछि पार्दै अघि बढेको थियो । त्यसयता दैनिक नयाँ रेकर्ड बन्ने गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्