Shikhar Insurance

नयाँ वर्षको शुभकामना दिँदै गभर्नरले भने-जथाभावी ऋण नदिनुस्

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३१, मंगलवार १७:३८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारीहरुलाई जुममा मिटिङमा डाकेर जथाभावी कर्जा प्रवाह नगर्न सचेत गराएका छन् । मंगलबार बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त कम्पनीहरुका सबै सिईओहरुसँग गभर्नर अधिकारीले जुम मिटिङ डाकेका थिए ।

लघुवित्त, फाइनान्स कम्पनी र विकास बैंकहरुका तर्फबाट संगठनका अध्यक्षहरुले आफ्नो धारणा राखेका थिए । बाणिज्य बैंकहरुका तर्फबाट भने बैंकर्स संघका अध्यक्ष भुवन दाहालका अलवा आधा दर्जन सिईओहरुले धारणा राखेका थिए । सबैले कर्जा प्रवाह उत्साह प्रद रहेको धारणा राखेपछि गभर्नर अधिकारीले अन्तिममा सम्बोधन गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘अहिले कर्जाको विस्तार आक्रामक छ, ऐतिहासिक रेकर्ड नै कायम भएको छ, हामीले तरलता अभावको सम्भावित अवस्थाको उचित व्यवस्थापनका लागि गभर्नरसँग अनुरोध गर्यौं’, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सिंहदरबारसँग भने ।

बैशाख लागेपछि तरलताको अभाव हुन सक्ने सम्भावना देखिएको पनि उनले बताए । गभर्नरले भने कर्जाको गुणस्तरमा ध्यान दिन निर्देशन दिएका थिए । ‘कर्जा लगानीले नयाँ रेकर्ड कायम गरेको छ, यो राम्रो कुरा हो तर जथाभावी कर्जा प्रवाह नगर्नुस’, गभर्नर अधिकारीको भनाईलाई उदृत गर्दै श्रोतले भन्यो ।

सम्बोधनका क्रममा गभर्नर अधिकारीले कर्जाको गुणस्तर प्रति बिशेष चासो राखेको र त्यसबाट उनी चिन्तित देखिएको पनि श्रोतले बतायो । ‘कोरोना कालदेखि नै कर्जाको पुन संरचना र पुनर्तालिकिकरण गर्न सुबिधा दिईएको थियो, अहिले त कर्जा प्रवाह नै आक्रामक छ, कर्जाको गुणस्तरमा गभर्नर चिन्तित देख्यौं’, सहभागी एक बैंकरले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्