Shikhar Insurance

ओलीले भनेः संसदमा एमसीसी रोकेर संबिधानको उल्लंघन भयो, चाँडै पास गरौं

सिंहदरबार संवाददाता
२०७८ बैशाख १, बुधबार १०:५८
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदमा एमसीसी सम्बन्धी प्रस्ताव रोकेर सभामुखले संबिधानको उल्लंघन गरेको आरोप लगाएका छन् । नयाँ वर्ष २०७८ को अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले एमसीसी रोक्ने अधिकार कसैलाई नभएको र संसदमा एमसीसी रोक्ने काम संबिधान बिरोधी भएको आरोप लगाएका हुन् ।

उनले नेपाली काँग्रेस र माओवादी सरकारमा हुँदा एमसीसी सम्झौता आरम्भ भएको र आफुले त्यसलाई निरन्तरता मात्रै दिन लागेको पनि दावी गरे । ‘एमसीसी नेपाली काँग्रेस र नेकपा माओवादी सरकारमा हुँदा एमसीसी सम्झौता गरिएको थियो । त्यो निर्णयार्थ हामीले संसदमा टेबल गरेका छौं, तर टेबलमा निर्णयार्थ प्रस्तुत गरिएको छैन् । र त्यसरी सरकारले टेबल गर्न माग गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संबैधानिक अधिकार कसैसँग हुँदैन् । त्यसलाई निर्णयार्थ प्रस्तुत गर्नैपर्ने हुन्छ । तर संबिधानलाई नमान्ने, जिद्धि गर्ने प्रवृत्ति हामी देखिरहेका छौं ।’, प्रधानमन्त्री ओलीले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले एमसीसीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने दावी पनि गरे । ‘हामी फाटोको खेति होइन, आपसमा अनेकता, वैमानस्यता होइन, राष्ट्रिय एकताको खोजी आजको आवश्यकता हो ।’ ओलीले भनेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्