Shikhar Insurance

भन्सारमा कम घोषणा गरी राजस्व छल्ने ‘भन्सार एजेन्ट’सहित सर्जिकल सामाग्री व्यापारी विभागको फन्दामा

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार ०९:०७
NIMB
Nabil Bank

काठमाडौं । त्रिपुरेश्वरस्थित ओम सर्जिकल कन्सर्नका सञ्चालक तथा भन्सार एजेन्टका प्रतिनिधि समेत ४ जनाले १ करोडभन्दा बढी राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले चिकित्सा सामाग्री व्यापारी तथा भन्सार प्रतिनिधिले आपसी मिलेमतोमा न्यूनतम मूल्यको गलत कागजात तयार गरेको पत्ता लगाएको हो ।

उनीहरूले वास्तविक भन्दा फरक मालवस्तु भन्सार घोषणा गरी आफुहरुलाई फाईदा र नेपाल सरकारलाई नोक्सानी पुर्‍याउने मनसाय तथा योजना बनाएको खुलेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

ओम सर्जिकल कन्सर्नका सञ्चालक दलबहादुर भण्डारी र भन्सार एजेन्टका प्रतिनिधि रामबाबु जमकटेलले यो कामबाट १ करोड ६ लाख ७२ हजार ९ सय ९ रूपैयाँ राजस्व छलेको विभागको अनुसन्धानबाट खुलेको छ । विभागले भण्डारी र जमकटेलसहित ४ जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा हालेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्