Shikhar Insurance

वाणिज्य बैंकहरूको निक्षेप र कर्जा विस्तार : चैतमा सिटिजन्स बैंक ‘डबल’ आक्रामक, यस्तो रह्यो तेस्रो त्रैमास

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार १०:२८
NIMB
Nabil Bank

काठमाडौं । चैत महिनामा वाणिज्य बैंकहरूमध्ये निक्षेप र कर्जा विस्तारमा सिटिजन्स बैंक इन्टरनेसनल सबैभन्दा आक्रामक देखिएको छ । चैत महिनामा वाणिज्य बैंकहरूको निक्षेप र कर्जा विस्तार क्रमशः १ खर्ब १७ अर्ब ९५ करोड र १ खर्ब ६१ अर्ब ९९ करोड रूपैयाँले भएकामा सिटिजन्स एक्लैको क्रमशः १७ अर्ब ८० करोड र १९ अर्ब ८१ करोडले बढेको छ ।

कर्जा विस्तारमा नबिल बैंक, कुमारी बैंक र एनएमबी बैंकले सिटिजन्स बैंकभन्दा क्रमशः पछाडि छन् । सिटिजन्सले संकलन गरेको निक्षेप भने प्रतिस्पर्धी अरू बैंकको भन्दा दोब्बर हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यता चैत महिनामा वाणिज्य बैंकहरू निक्षेपभन्दा कर्जा विस्तारमा आक्रामक देखिएका हुन् । फागुन मसान्तसम्म वाणिज्य बैंकहरूमा रहेको निक्षेप ३८ खर्ब २६ अर्ब रूपैयाँ रहेकामा चैत मसान्तमा बढेर ३९ खर्ब ४४ अर्ब रूपैयाँ पुगेको छ । यस्तै, कर्जा ३४ खर्ब १२ अर्बबाट ३५ खर्ब ७३ अर्ब पुगेको नेपाल बैंकर्स संघले जनाएको छ ।

यता तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको निक्षेप १ खर्ब ६२ अर्ब ३५ करोडले बढेको छ । कर्जा भने ३ खर्ब २९ अर्ब ९३ करोडले बढेको छ ।

कुन बैंकको निक्षेप र कर्जा कति ? (अर्ब रूपैयाँमा)

तेस्रो त्रैमासमा कुन बैंकको निक्षेप र कर्जा कतिले बढ्यो ?

स्रोतः नेपाल बैंकर्स संघ ।

GBIME

प्रतिक्रिया दिनुहोस्