Shikhar Insurance

शेखर गोल्छाका दाइ लोकमान्य चेम्बरको मानार्थ उपाध्यक्ष

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार १७:२०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन् । नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधान बमोजिम मनोनित हुने उपाध्यक्षमा गोल्छालाई मनोनित गरेको हो ।

गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रबार स्वागत गरे । चेम्बरले आफूलाई मानार्थ उपाध्यक्ष मनोनित गरेर सम्मान गरेको गोल्छाले बताए । वि.सं. २००५ साल साउन १५ गते जन्मिएका लोकमान्य गोल्छा व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका अध्यक्ष रहिसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल उनका हंशराज हुलासचन्द एन्ड को., हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्टस् लगायतका व्यावसायिक प्रतिष्ठान सञ्चालनमा छन् । गोल्छा २०२८ सालमा नेपाल चेम्बर अफ कमर्समा आबद्ध भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष शेखर गोल्छा लोकमान्यका भाइ हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्