Shikhar Insurance

एकै छानामुनि ५ नेपाली ब्रान्डका जुत्ताचप्पल

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार १७:४७
NIMB
Nabil Bank

काठमाडौं । रत्नपार्क (बागबजार मोड) मा विभिन्न ५ नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीले एउटै छानामुनि सोरुम सञ्चालनमा ल्याएका छन् ।

रत्नपार्क चोकबाट बागबजार छिर्ने मुखमा पहिला रातोघरका नामले परिचित स्थानमा नेपालका स्थानमा निर्माण भएको नवनिर्मित कम्प्लेक्सको भुई तल्लामा सोरुम छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एकै छानामूनि विभिन्न ब्रान्डका नयाँ नयाँ मोडेल तथा डिजाइनका जुत्ता चप्पल एकदमै सस्तो मूल्यमा उपलब्ध हुने कुरा केटीएम सुजका सञ्चालक प्रमोदकुमार महत्तोले बताए । सोरुममा केटीएम सुज, भेनस सुज, बोस सुज, बेम्बो सुज तथा हिमानी लेडिज सुजका उत्पादन उपलब्ध छन् ।

सो जुत्ता शोरुममा कम्पनीहरुको आ–आफ्नै फ्याक्ट्री आउटलेट रहेको छ । यहाँ उपलब्ध हुने जुत्ता तथा चप्पलमा कम्पनीले वारेन्टी पनि दिएको छ । सिधै आफ्ना उप्पादनहरु उपभोक्ता सामु पुग्ने हुनाले उपभोक्ताहरुको सझाव तथा गुनासोलाई पनि ध्यान दिई सो सुझाव लाई कार्यान्वयन गर्ने कुरा उल्लेख गरिएको छ।

स्वदेशमा बनेका नेपाली उत्पादनहरुले आम उपभोक्ताको मन जितिरहेको अवस्थामा अझ थप आकर्षित गर्नको लागि एकै छानामूनि सेभ टाइम सेभ मुनी भन्ने नारा लिई उक्त सोरुम सञ्चालनमा आएको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्