Shikhar Insurance

एनआईबीएल समृद्धि फण्ड -२ आउँदै, यस्तो छ विशेषता

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार १९:१६
NIMB
Nabil Bank

काठमाडौं । एनआईबीएल एस क्यापिटलले नयाँ म्युचुअल फन्ड निष्कासन गर्ने भएको छ । अनुमती पाएसँगै नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनीले ‘एनआईबीएल समृद्धि फण्ड -२’ ल्याउन लागेको हो ।

पुँजी बजारमा सामूहिक लगानी कोष अन्तर्गत विभिन्न योजना संचालन गर्ने उद्देश्यले कम्पनीले नयाँ म्युचुअल फन्ड ल्याएको जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एनआईबीएल एस क्यापिटल कोष प्रबद्र्धक रहि योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी सामूहिक लगानी कोष, नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना सञ्चालन गर्दै आईरहेको छ । एनआईबिएल म्युचुअल फन्डको पहिलो योजना ‘एनआईबिएल समृद्धि फन्ड-१’ ले ६३.५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । आगामी आर्थिक वर्षमा यस योजनाको ७ वर्ष अवधि पुरा भई योजना बन्द हुनेछ ।

पहिलो योजनाको प्रतिफल साथै लगानीकर्ताको विश्वासलाई निरन्तरता दिएको कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डले ‘एनआईबीएल म्युचुअल फन्ड’ अन्तर्गत सञ्चालन हुने चौथो योजनाको रुपमा ‘एनआईबीएल समृद्धि फन्ड-२’ नामको बन्दमुखी योजना सञ्चालन गर्ने अनुमति दिएको हो । यस योजनाको आकार १ अर्ब २० करोड रुपैयाँको हुनेछ भने योजना १० वर्षको अवधिसम्म सञ्चालनमा रहनेछ ।
प्रतिइकाई मूल्य १० रूपैयाँ दरको १२ करोड इकाईमध्ये बीज पुँजीवापत १० लाख इकाई योजना व्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबर्द्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिनेछ ।

योजनाको अवधिभर सामूहिक लगानी कोष नियमावली एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि इकाई बिक्री मार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिनेछ र सो लगानीबाट आर्जित मुनाफालाई इकाईधनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उदेश्य रहेको छ भने प्रभावकारी वार्षिक प्रतिफलको रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाईधनीलाई दिन सक्ने प्रक्षेपण गरिएको छ । साथै यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्