Shikhar Insurance

जीवन बीमा कम्पनीले अभिकर्तालाई दिएको ८ अर्ब ७१ करोड कर्जा असार मसान्तभित्र उठाइसक्नुपर्ने (पत्रसहित)

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार २०:४०
NIMB
Nabil Bank

काठमाडौं । बीमा अभिकर्ताहरूलाई प्रवाह गरिएको सम्पूर्ण कर्जा फरफारक गर्न बीमा समितिले जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । कम्पनीहरूले दिएको ८ अर्ब ७१ करोड रूपैयाँ कर्जा असार मसान्तभित्रै फरफारक गर्न समितिले ताकेता गरेको हो ।

यस्तो छ, बीमा समितिको पत्रः

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि बीमा समितिले बीमा कम्पनीहरुलाई अभिकर्तालाई ऋण दिन रोक लगाएको थियो । समितिले बीमा कम्पनीहरुलाई पत्र लेख्दै अभिकर्तालाई ऋण नदिन भनेको थियो ।

जीवन बीमा कम्पनीहरुले आफ्ना अभिकर्तालाई ऋण दिँदै आएका छन् । हालसम्म जीवन बीमा कम्पनीहरुले ८ अर्व ७१ करोड भन्दा बढी ऋण अभिकर्तालाई दिएका छन् । जसमध्ये सबैभन्दा बढी एलआईसी नेपालले ५ अर्ब ४१ करोड ऋण दिएको छ । त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ८३ करोड रूपैयाँ ऋण दिएको छ ।

जीवन बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई रिझ्याउन कर्जा दिँदै आएका थिए । यसबाट बीमा कम्पनीहरूले घाटा बेहोर्नुपर्थ्यो । बिमा ऐनमा अभिकर्तालाई कर्जा प्रदान गर्न सकिने व्यवस्था भए पनि कम्पनीहरूले अभिकर्ता फकाउन जथाभावी कर्जा दिने गरेका हुन् ।

व्यवसाय प्रबद्र्धनका लागि भन्दै अभिकर्तालाई आकर्षित गर्न कम्पनीहरूले मनपरी ढंगले कर्जा प्रवाह गर्दथे । कम्पनीहरूले अभिकर्ताको लागि समयसमयमा विभिन्न खालका ऋण तथा सापटी योजना सञ्चालन गर्दै आएका छन् ।

जसअन्तर्गत अधिकांश कम्पनीले घर, कार, मोटरसाइकल, ल्यापटप, कम्प्युटर र मोबाइल कर्जाका साथै नगद कर्जासमेत प्रदान गर्दै आएका छन् । यसरी कम्पनीहरूले प्रदान गर्ने कर्जा अभिकर्ताको कार्य सम्पादनमा आधारित हुने गरेको थियो । अर्थात् अभिकर्ताको तत्काल पाकेको कमिसन र आगामी दिनमा नवीकरण बिमाबापत प्राप्त हुने कमिसनलाई आधार मानी कम्पनीहरूले कर्जा प्रदान गर्दै आएका हुन् ।

यसरी कम्पनीहरूले दिने कर्जामा कम्पनी तथा कर्जाको प्रकृतिअनुसार ब्याज लिने गरेका छन् ।

कसको कति ? (रूपैयाँमा)

 

GBIME

प्रतिक्रिया दिनुहोस्