Shikhar Insurance

वसन्त आरोहण : ६ सय २६ जनालाई ‘एक्स्पिडिसन पर्मिट’, उठ्यो ४५ करोड रोयल्टी

सिंहदरबार संवाददाता
२०७८ बैशाख ५, आईतवार ०८:०२
NIMB
Nabil Bank

काठमाडौं । पर्यटन विभागले हालसम्म वसन्त यामको सगरमाथा सहितका विभिन्न हिमाल आरोहणका लागि ७१ आरोही समूहलाई आरोहण अनुमति (एक्स्पिडिसन पर्मिट) दिएको छ । वसन्त यामको हिमाल आरोहणका लागि विभागले शुक्रबारसम्म ७१ आरोही समूहका ६२६ आरोहीले आरोहण अनुमति दिएको हो ।

यस यामको सगरमाथा आरोहणका लागि मात्रै हालसम्म ३६ आरोही समूहका ८४ महिला र २६६ पुरुष गरी कूल ३३८ आरोहीले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्मराज भट्टराईले जानकारी दिए । सगरमाथापछि ल्होत्से हिमालका लागि ११ तथा अन्नपूर्ण र धौलागिरि हिमाल आरोहणका लागि समान चार–चार आरोही समूहले अनुमति पाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, नुप्सेमा तीन, अमादब्लङ र मकालुमा समान एक आरोही समूहले अनुमति लिएको विभागले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । कोभिड–१९ महामारीबीच उत्साहवद्र्धक रुपमा चलिरहेको वसन्त यामको हिमाल आरोहणबाट पर्वतीय पर्यटनमा सकारात्मक उत्साह थपिएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणमा आरोहीको आकर्षणले महामारीले शिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुने उनीहरुको अपेक्षा छ ।

४५ करोडभन्दा बढी रोयल्टी सङ्कलन

पर्वतारोहणका लागि उपयुक्त मानिने यस वर्षको वसन्त याममा हिमाल आरोहणबापत पर्यटन विभागले हालसम्म ४५ करोडभन्दा बढी रोयल्टी सङ्कलन गरेको छ । विभागको पर्वतारोहण शाखाका अनुसार शुक्रबारसम्म ४५ करोड १९ लाख ५५ हजार ४९४ रोयल्टी सङ्कलन भएको छ ।

हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ । यो अनुकूल मौसममा सगरमाथा सहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् । सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायत उच्च हिमशृङ्खला आरोहीको रोजाइमा पर्छन् । वसन्तयामको आरोहणका लागि विभागले यही चैत २ देखि आरोहण अनुमति जारी गरेको थियो । चैत १३ मा सगरमाथा आरोहणको पहिलो ‘पर्मिट’ जारी भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्