Shikhar Insurance

१० अर्बको एनआरएन डेभलपमेन्ट फण्डले अध्यक्ष र सिईओ पायो, साढे ८ अर्बको आईपीओ

सिंहदरबार संवाददाता
२०७८ बैशाख ५, आईतवार १९:१७
NIMB
Nabil Bank

कठमाडौं । गैर आवासिय नेपालीहरुको लगानीमा स्थापना भएको १० अर्ब रुपैयाँको एनआरएन डेभलपमेन्ट फण्डको अध्यक्ष उपेन्द्र महतो चयन भएका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तले संघका संस्थापक अध्यक्ष महतोलाई अध्यक्ष चयन गरिएको जानकारी दिए । त्यस्तै, फण्डको कार्यकारी निर्देशक(सिईओ)मा पूर्व बैंकर अनलराज भट्टराई नियुक्त भएका छन् । उनै भट्टराईको व्यवसायीक योजनामा फण्डको अवधारणा तय गरिएको थियो । भट्टराई यसअघिसम्म फण्डको सल्लाहकारका रुपमा कार्यरत थिए ।
१० अर्बको फण्डमा नेपाल सरकारले ५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको छ । १० अर्बको फण्डले ८५ प्रतिशतले हुन आउने ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । फण्डले नेपालको उद्यम, व्यवसाय, र पुर्वाधारमा लगानी गर्नेछ ।‘८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर ९आईपीओ० निष्काशन हुनेछ, जसमा दसौँ लाख नेपाली सहभागी हुने अपेक्षा छ ।’, एनआरएनका अध्यक्ष कुमार पन्तले भनेका छन् ।
संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेशाकर्मी एनआरएनहरुले नेपालको विकास र समृद्धिमा लगानी गरि आर्थिक लाभ समेत उठाउन सक्ने बताए ।  नवनियुक्त सिइओ भट्टराईले नेपालको विकासमा एनआरएनहरुलाई सहज ढंगले लगानी गर्ने वातावरण आफुले तयार पार्ने बताए ।
‘बिजनेश योजना बनिसकेको छ । आवश्यक अधिकार औपचारिक रुपमा प्राप्त भयो । अहिले एनआरएनको कार्यालयबाटै काम गरिरहेका छौं, विदेशमा बसेका गैर आवासिय नेपालीलाई नेपालको विकासमा पुँजी लगाउने चाहना पुरा गराउन भूमिका खेल्छु ।’, सिईओ भट्टराईले भने ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्