Shikhar Insurance

एनआरएन बाघि अध्यक्ष आरके शर्माको शक्ति प्रदर्शन, एकै दिन प्रधानमन्त्री, देउबा, अर्थमन्त्री र परराष्ट्र मन्त्रीसंग भेट

सिंहदरबार संवाददाता
२०८० कार्तिक ५, आईतवार २३:००
NIMB
Nabil Bank

काठमाडौँ । गैर आवासीय नेपाल संघ (एनआरएनए)का नव निर्वाचित बाघि अध्यक्ष आर के शर्मा नेतृत्वको टिमले शक्ति प्रदर्शन थालेको छ ।

डिजिटल मतदानमा डा. बद्री केसि समुहले धाधली गरि आफुलाई हराएको भन्दै शर्मा नेतृत्वको टिमले समानान्तर समिती घोषणा गरेको थियो ।
नेकपा माओवादी केन्द्र निकट शर्मा, एमाले निकट बद्री केसि र काङ्ग्रेस निकट महेश श्रेष्ठले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । विवादित बनेको निर्वाचनबाट एमाले निकट केसि र उनको प्यानलका अधिकान्स उम्मेदवार निर्वाचित भएका थिए । डा केसिले भाेटिङ मेसिन कब्जा गरि चुनाव एकलौटी गरेको आरोप प्रत्यासी शर्मा र श्रेष्ठले लगाएका थिए । केसिले एकलौटी सपथ ग्रहण तथा पदभार ग्रहण गरेपछि शर्मा समुहले समानान्तर समिती बनाएका हुन् ।                                                               

Citizen Life
Kumar Bank
Nepal Life

शर्माले एकै दिन प्रधानमन्त्री प्रचण्ड, काङ्ग्रेस सभापति शेर बहादुर देउवा, अर्थमन्त्री डा. प्रकाश शरण महत र परराष्ट्र मन्त्री एनपी साउदसंग भेट गरे ।
शर्माले केसि भन्दा एक कदम अघि बढेर बैधानिकताका लागि दौडधुप गरेका हुन् । शर्मालाई अध्यक्षका अर्का प्रत्यासी महेश श्रेष्ठले पनि सहयोग गरेका छन् । शर्मा नेतृत्वको एनआरएनमा श्रेष्ठले सल्लाहकारको भूमिका स्वीकार गरेका छन् । एनआरएनका निवर्तमान अध्यक्ष कुल आचर्यले पनि शर्मालाई नै सहयोग गरेका छन् ।
कतारको प्रतिनिधित्व गर्दै शर्माले एनआरएनमा उम्मेदवारी दिएका थिए । उनलाई प्रधानमन्त्री प्रचण्डको खास मान्छेका रुपमा लिईन्छ ।               

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आर के शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकास र समृद्धिमा गैर आवासीय नेपालीहरूको भूमिका आवश्यक भएको भन्दै त्यसका लागि सरकार सहजीकरणको लागि तयार रहेको बताएका थिए ।

“एनआरएनए अभियान एकताबद्ध भएर अगाडि बढ्छ भन्नेमा म विश्वस्त छु,”प्रधानमन्त्री प्रचण्डले भने,“देश विकासका मुद्दामा सरकार सदैव गैरआवासीय नेपालीसँग सहकार्य गर्न तयार छ।”

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरूको माग अनुसार नागरिकता विधेयक कार्यान्वयन आएर गैरआवासीय नागरिकता दिन थालिएको र आगामी दिनमा विदेशबाट नेपाली मत दिन पाउने व्यवस्था कार्यान्वयन हुने बताए ।                                                                         

नयाँ कार्यसमितिसमक्ष नेपालमा लगानीको अनेकौँ अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले लगानी गर्न सुझाव दिए । उनले मुलुकको समृद्धिमा गैर आवासीय नेपालीहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै समृद्धिको यात्रामा सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गरे ।

। गैर आवासीय नेपाल संघ (एनआरएनए)का नव निर्वाचित अध्यक्ष राजेन्द्रकुमार( आरके) शर्मा नेतृत्वको कार्यसमितिले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ ।

आइतबार नै देउवा निवास धुमबाराहीमा शर्मा नेतृत्वको टिमले काङ्ग्रेस सभापति शेर बहादुर देउवालाई धुमबाराहीमै पुगेर भेट गरेको थियो । भेटमा सभापति देउवाले आर के शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।                                                                                 

आइतबार नै परराष्ट्रमन्त्री एनपी साउदले शर्मा नेतृत्वमा रहेको एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई भेटेको थियो भेटमा राज्यको लागि राम्रो काम थालनी गर्ने लगानी पुँजी, भित्राउने विदेशमा रहेका नेपालीहरूको लागि बृहत्तर हितको लागि काम गर्ने सशक्त रूपमा अघि पुर्‍याउन सकोस् भन्नेमा आफू विश्वस्त रहेको मन्त्री साउदले बताएका थिए ।

भेटमा परराष्ट्रमन्त्री साउदले शर्माको नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैं आफूहरु सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिए ।

शर्माको नेतृत्वमा अर्थमन्त्रीसँगको भेट एनआरएनएको पदाधिकारीको टोलीले रेमिटेन्स रकमलाई उत्पादन मूलक क्षेत्रमा लगाउनुपर्ने, वैधानिक तरिकाले रेमिटेन्स पठाउनेलाई २ प्रतिशत प्रोत्साहन रकम दिनुपर्ने र रेमिट्यान्सको रकम उत्पादन मूलक क्षेत्रमा लगाउन सामूहिक लगानी प्राधिकरण बनाउनुपर्ने माग राखेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्