Shikhar Insurance

चन्द्रागिरी हिल्सको नोक्सानी ७३० प्रतिशतले बढ्यो, सबै सूचक ओरालो

सिंहदरबार संवाददाता
२०७८ बैशाख ६, सोमबार ०९:२७
NIMB
Nabil Bank

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको नोक्सानी ७३०.७३ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको ९ महिनाको अपरिस्कृत वित्तिय विवरण अनुसार नोक्सानी सो मात्रामा बढेर १८ करोड ११ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको चैत मसान्त अवधीमा कम्पनीको नोक्सानी जम्मा २ करोड १८ लाख रुपैयाँ मात्रै थियो ।

कोरोना कहरका कारण लामो समय लकडाउन भएपछि चन्द्रागिरी हिल्सले सर्वसाधारणका लागि १५ लाख ३४ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । कम्पनीको सेयर अहिले दोश्रो बजारमा ब्ल्यु चिपका रुपमा प्रतिकित्ता २ हजार ४०९ रुपैयाँमा कारोबार भैरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आवको तेस्रो त्रैमासमा कम्पनीले ४१ करोड २२ लाख ११ हजार रुपैयाँ सञ्चालन आय रहेको गरेको थियो । यसपाली त्यस्तो आय घटेर १७ करोड ४२ लाख २० हजारमा सिमिति भएको छ ।

हाल चन्द्रागिरी हिल्स चढ्नेहरुको संख्या दैनिक औषत एक हजार ४ सय रहेको र रिसोर्टको अकुपेन्सी पनि करिब ४० प्रतिशत मात्रै रहेको छ ।

एक अर्ब ५३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी ११.८१ रूपैयाँ ऋणात्मक रहेको छ । यस्तै जगेडा कोष नोक्सानी ५ करोड ४० लाखबाट बढेर ३२ करोड ८ लाख रूपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ९५.९३ बाट ७९.०९ रूपैयाँमा झरेको रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्