Shikhar Insurance

‘फेस्टिभ १२ महिने प्याकेज’ अफरको अवधि अब मङ्सिर ३ सम्म

सिंहदरबार संवाददाता
२०८० कार्तिक १३, सोमबार १५:३७
NIMB
Nabil Bank

काठमाडौँ । बडादसैँको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफरलाई छठ पर्वको दिन सम्म अर्थात मङ्सिर ३ गते सम्मका लागि थप गरेको  छ ।

उक्त अफर घटस्थापनाको शुभअवसर पारेर डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि ल्याएको थियो । अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने थिए । जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने छन् ।

Citizen Life
Kumar Bank

थप जानकारीको लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर दाइ वा आज नै ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ। चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन आजै डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले अपिल गरेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्