Shikhar Insurance

शिखर इन्स्योरेन्सका सीइओ दिप प्रकाश पाण्डेले काम गर्न पाउने

सिंहदरबार संवाददाता
२०७८ बैशाख ६, सोमबार १४:४२
NIMB
Nabil Bank

काठमाडौं । शिखर इन्स्योरेन्सका सीइओ दिप प्रकाश पाण्डेको नियुक्ती बदर गरिपाउँ भनि दायर गरिएको मुद्दामा सर्वोच्च अदालतले अन्तरीम आदेशदिन अस्विकार गरेको छ । आज सोमवार सर्वोच्च अदालतलले अन्तरीम आदेश दिन अस्विकार गर्दै पाण्डेलाई कामगर्ने बाटो खोलिदिएको हो । पाण्डेको मुद्दाभने सर्वोच्च अदालतमा बिचाराधीन रहेको छ । यो मुद्दामा बहसभने जारी  छ ।

सर्वोच्च अदालतको आजको फैसलाले दिप प्रकाश पाण्डेलाई सर्वोच्च अदालतको अन्तिम फैसला नआउदा सम्म सीइओको रुपमा कामगर्ने बाटो खुलेको हो । यद्यपी यो मुद्दाको अन्तिम फैसला भने आउन बाँकी छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अन्तिम कार्यकालका लागि भनि सीइओ  नियुक्त भएका पाण्डेलाई समितिले नियमावली संसोधन भएपछी पुन सीईओ बनाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

सर्वोच्च अदालतका न्यायाधिश द्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरीम आदेश दिनु नपर्ने ठहर गरेको हो । पाण्डेको सीइओ नियुक्ती प्रकृया वदर गरिपाउँ भनि माधाव गौतमले कार्तिक २९ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्