Shikhar Insurance

एनआरएनहरुलाई अर्थमन्त्रीले भने– कालोधन नल्याउनुस्

सिंहदरबार संवाददाता
२०७८ बैशाख ६, सोमबार १९:२५
NIMB
Nabil Bank

कठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले नेपालमा कालोधन नभित्र्याउन एनआरएनहरुलाई आग्रह गरेका छन् । एनआरएन नेपाल डेभलपमेन्ट फण्डबारे जानकारी दिन मन्त्रालयमा आयोजीत कार्यक्रममा अर्थमन्त्री पौडेलले कालोधन नल्याउन आग्रह गरेका हुन् । ‘मेरो एनआरएनका साथीहरुलाई अनुरोध छ, कालोधन नल्याउनुस, बैंकिङ प्रणाली भन्दा बाहिरबाट लगानी नल्याउनुस ।’, अर्थमन्त्री पौडलले भनेका थिए ।
उनले एनआरएनहरुको लगानी राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरुमा केन्द्रित हुनुपर्नेमा पनि जोड दिए ।

एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, निवर्तमान अध्यक्ष भवन भट्ट तथा वर्तमान अध्यक्ष कुमार पन्त लगायतलाई छेउमै राखेर अर्थमन्त्री पौडेलले एनआरएनहरुले लगानी दुतका रुपमा भूमिका खेल्नुपर्ने धारणा पनि राखे । १० अर्ब रुपैयाँको एनआरएन नेपाल डेभलपमेन्ट फण्डमा सरकारले समेत ५ प्रति लगानी गरेको बताउँदै उनले प्रतिफल सुनिश्चित हुने वातावरण बनाउन पनि अनुरोध गरे । ‘संसारभर छरिएर रहेका नेपालीहरुले लगानी गर्नुहुनेछ, सरकारले पनि ५० करोड रुपैयाँ लगानी गरेको छ, तपाईहरुले प्रतिफलको सुनिश्चितता भने गर्नुपर्छ’, अर्थमन्त्री पौडेलले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

एनले प्रतिफल सुनिश्चित गर्न सकिए १० अर्ब मात्रै होइन, खर्बका खर्ब लगानी आउने आश्वासन पनि दिए । ‘प्रतिफल सुनिश्चित गर्नुस, एक खर्ब मात्रै होइन, खर्बका खर्ब लगानी आउँछन्’, मन्त्री पौडेलले भने ।

एनआरएनहरुका माध्यमबाट नेपालमा अन्य विदेशी लगानीकर्ता पनि भित्र्याउन पहल हुने अपेक्षा पनि व्यक्त गरे । ‘तपाई एनआरएनहरुले लगानी दुतका रुपमा भूमिका खेल्नुस, अन्य विदेशी लगानीकर्तालाई पनि नेपाल उपयुक्त लगानी गन्तव्य भएको बुझाउनुस’, पौडेलले भने । उनले नेपाल लगानीका लागि संसारकै उत्कृष्ठ गन्तव्यका रुपमा स्थापित भैसकेको पनि बताएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्