Shikhar Insurance

प्रभु बैंकका अध्यक्ष सिटौलाले लिए सपथ, सम्हाले कार्यभार

सिंहदरबार संवाददाता
२०७८ बैशाख ६, सोमबार २०:०७
NIMB
Nabil Bank

काठडमाडौं । प्रभु बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलाले सपथ ग्रहण गरेका छन् । उृनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनले आजै बैंकको सञ्चालक समितिको २०९ औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन्।

बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका उनलाई बैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गरेका अध्यक्ष सिटौलाले बैंकिङ क्षेत्रमा लामो कार्यानुभव संगालेका छन् । नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त हुनु भई कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी वहन गरेका थिए । उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ सेवा प्रवाह गरिरहेको कृषि बिकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उनका विशेष योगदान रह्यो ।

उक्त अवधिमा उनले नेपालका वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्यसमितिमा रही काम गरे । बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर पनि उनले कार्य गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्