Shikhar Insurance

अजोडको सञ्चालकमा पौडेल र सुवेदी निर्विरोध निर्वाचित

सिंहदरबार संवाददाता
२०७८ बैशाख ७, मंगलवार १८:४३
NIMB
Nabil Bank

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभाले पानुदत्त पौडेल र सिर्जना सुवेदीलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । मंगलबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन पारित गर्दै पौडेल र सुवेदीलाई सञ्चालक निर्वाचित गरेको हो भने स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाललाई नियुक्त गर्ने सञ्चालक समितिको नियुक्तिलाई अनुमोदन पनि गरेको छ ।

साधारणसभामा महिला सहित सञ्चालक समितिको संख्या ७ जना रहने विशेष प्रस्ताव पेश गरिएको थियो । यहि प्रस्ताव बमोजिम सञ्चालकहरु पनि निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । अब कम्पनीको सञ्चालक समिति पुर्ण भएको कम्पनीले जनाएको छ । साधाधारणसभाबाट अध्यक्ष तथा सञ्चालक समितिको सदश्यहरुको बैठक भत्ता बढाइएको छ । अध्यक्षको प्रति बैठक भत्ता १२ हजार रुपैयाँ पुर्याइएको छ भने अन्य सदश्यहरुको भने १० हजार रुपैयाँ पुर्याइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको साधारणसभामा अधिकांश शेयरधनीहरुले कम्पनीको इन्साइड ट्रेडिङको विषयलाई लिएर प्रश्न गरेका थिए । साथै कम्पनीले छोटो समयमै उल्लेख्य सुधार गर्न सकेकोमा सबैले शुभकामना तथा धन्यवाद दिएका थिए । गत वर्षको असारमा प्राथमिक शेयर निष्काशन गरेको थियो । पछिल्लो समय नयाँ अनुमति पाएका कम्पनी मध्ये अजोडले पहिलो पटक प्राथमिक शेयर निष्काशन गरेको थियो । कम्पनीले एक अर्ब भन्दा धेरै प्रिमियम संकलन गर्न सफल भएको अध्यक्ष आजाद श्रेष्ठले जानकारी गराएका थिए ।

कम्पनीले फागुन मसान्तसम्म प्राधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीको टेक्निकल रिजर्भ थोरै भएकाले चाहे जति पैसा लगानी गर्न नपाएको प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले जानकारी दिए ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना फाईरस तथा सोको कारण भएको बन्दाबन्दीले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा ८८ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरि ४ करोड ५६ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्