Shikhar Insurance

के तपाईसँग कतारी रियाल छ ? बैशाख २७ अघि नै साट्नुस, नत्र चल्दैनन्

सिंहदरबार संवाददाता
२०७८ बैशाख ७, मंगलवार १९:३१
NIMB
Nabil Bank

काठमाडौं । चौथो संस्करणका कतारी रियालहरु नेपालमा नचल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले चौथो संस्करणका कतारी रियालहरु बैशाख २७ गतेपछि नेपालमा नचल्ने भएकाले सो अगावै सटही गरिसक्न भनेको छ ।

राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर सबै नागरिकलाई आफुसँग भएको चौथो संस्करणको कतारी रियाल तत्कालै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र मनिचेञ्जरहरुमा गई साट्न भनेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कतार सरकारले पाँचौं संस्करणका कतारी रियाल निष्काशन गर्न लागेको छ । त्यसका लागि जुलाई १ अघि नै चौथो संस्करणका रियाल कतार पठाईसक्न भनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्