शिक्षा तथा स्वास्थ्य
नर्भिक आइभिएफको चमत्कार, निसन्तान दम्पत्तिले पाए चम्ल्याहा
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेश सन्तान प्राप्तिको योजनासहित उपचार गराउन अष्ट्रेलियादेखि नेपाल आएका थिए । अष्ट्रेलियामा स्थायी बसोबास गर्दै आएका...
मिडास टेक्नोलोजिज सँगको सहकार्यमा धुलिखेल अस्पतालको ‘मोबाइल एप’ सन्चालन
काठमाडौं । आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सन्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिंग गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन् । यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै...
स्थानीय तहमा जनप्रतिनिधि आएसँगै स्वास्थ्य उपचारमा पहुँच, स्ट्रेचरको विकल्प बन्दै एम्बुलेन्स
भोजपुर । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुर, जहाँ बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउनका लागि स्ट्रेचरको बढी प्रयोग हुने गरेको थियो । तर अहिले भने जिल्लाका ग्रामीण क्षेत्रहरूबाट समेत सो समस्या हट्दै जान थालेको छ । स्थानीय तहहरूले समेत दुर्गमका नागरिकहरूलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले एम्बुलेन्सको व्यवस्थापन गर्न थालेसँगै यो...
दाङमा स्वास्थ्य बिमा गर्नेको संख्या बढ्न सकेन्, ४ वर्षमा ३२ हजार ८ सय मात्र
घोराही । दाङका १० वटै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ४ वर्षदेखि दाङमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको हो । आर्थिक अभावका कारण समस्यामा परेका नागरिकलाई स्वास्थ्य सेवामा पहुँज पुर्याउने उद्देश्यले कार्यक्रम लागु भए पनि जिल्लामा खासै...
बूढानीलकण्ठमा नेपालमा पहिलो गणित उध्यान (म्याथ पार्क) को सुरुवात
काठमाडाैं । विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकता हटाउने उद्देश्यले नेपालमा पहिलो पटक गणित उध्यान (म्याथ पार्क) को सुरुवात गरिएको छ । गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले पार्क सुरुवात गरिएको हो । बूढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलले स्थापना गरेको उक्त पार्क आज पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको...
सीएसआरमा नर्भिक आक्रामकः आइभिएफको पनि निःशुल्क ओपिडी हुने
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले आउँदो शनिवार(चैत ४ गते) निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । निसन्तानसम्बन्धी समस्या भएका र दुरविन पद्दतीबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले निशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो...
संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढिसकेको छः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् । पद्मोदय माध्यमिक विद्यालयको हीरक महोत्वस एवम् ७७औँ वार्षिकोत्सवको कार्यक्रममा प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐनमार्फत शिक्षाक्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने, “संघीय शिक्षा...
भानु नगरपालिकाद्वारा विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण
दमौली । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्घ गराइने छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले...
३२ विद्यालयलाई वाइफाइ डिभाइस वितरण, दुई वर्षको शुल्क दूरसञ्चार प्राधिकरणले तिर्ने
डोटी । डोटीको बडीकेदार गाउँपालिकाले ३२ वटा सामुदायिक आधारभूत विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट सेवाका लागि वाइफाइ डिभाइस वितरण गरेको छ । पालिकाले संघीय सरकारसँग गरेको सम्झौताअनुसार दूरसञ्चार प्राधिकरणको सहयोगमा फोरजी सेवा चल्ने सिमकार्डसहितको वाइफाइ डिभाइस वितरण गरेको हो । शिक्षामा नयाँ प्रविधिको प्रयोग गरी शिक्षण कार्यलाई थप प्रभावकारी बनाउन...
नर्भिकद्वारा नारी दिवसमा विशेष स्किम सार्वजनिक: छुटै–छुटको बहार
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचारसेवा र हेल्थ प्याकेजहरुमा भारी छुटको स्कीम सार्वजनिक गरेको छ । निजी क्षेत्रबाट अन्तराष्टिय स्तरको गुणस्तरीय उपचार सेवा दिंदै आएको नर्भिक हस्पिटलले आगामी मार्च ८ (फागुन २४ गते) पर्ने नारी दिवसको अवसर विशेष छुटको स्किम सार्वजनिक गरेको हो...