Shikhar Insurance

नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसायीक सम्झौता

सिंहदरबार संवाददाता
२०८१ बैशाख १६, आईतवार १२:१४
NIMB
Nabil Bank

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी काठमाण्डौंमा आज आयोजित संछिप्त समारोहमा दुवै पक्ष बीच सम्झौता भएको हो।

सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मुलुक आर्थिक संकटको दौरबाट गुज्रिरहेको अवस्थामा नयाँ नयाँ उद्योग व्यवसाय गर्नेलार्इ प्रोत्साहन गर्न तथा लगानीको श्रोत पुर्याउन आवश्यक छ । यस्तो अवस्थामा लगानी पुर्याउन लगानी हबले सहयोग गर्ने तथा लगानी पूर्व र लगानी पश्चातको विशेषज्ञ सेवा नेक्सजेन म्यानेजमेन्टले दिने गरी सम्झौता भएको छ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि सम्पत्ति व्यवस्थापन र बिजनेस कन्सल्टेन्सी सेवा दिने कम्पनी हो। त्यसै गरी लगानी हब प्रालि लगानीको नयाँ नयाँ क्षेत्रको पहिचान गर्ने र ती व्यवसायमा लगानीको श्रोत पुर्याउने गरी स्थापित कम्पनी हो । नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी मन्दिर रोडमा र लगानी हबको कर्पोरेट कार्यालय कमलपोखरीमा रहेको व्यहोरा कम्पनीले जानकारी गरेक छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्