Shikhar Insurance

बोर्डको अध्यक्षका लागि दरखास्त खुल्यो, यहाँ हेर्नुस् तपाईंको योग्यता र अनुभवले पुग्छ कि !

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ११, बिहीबार १०:०७
NIMB
Nabil Bank

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि दरखास्त खुला गरेको छ । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको नेतृत्वमा गठित समितिले १५ दिन अर्थात कात्तिक २५ गतेभित्र अध्यक्ष बन्न चाहनेहरुलाई आवेदन गर्न भनेको हो ।

३० वर्षदेखि ६० वर्ष उमेर भित्रको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । ३ हजार रुपैयाँ आवेदन दस्तुर तोकिएको छ र व्यवसायीक कार्ययोजना समेत माग गरिएको छ ।

Citizen Life
Kumar Bank

अध्यक्ष बन्नका लागि बोर्ड अध्यक्षका लागि माओवादी निकट बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं र आईक्यानका पूर्व अध्यक्ष कृष्ण आचार्यबीच कडा प्रतिष्पर्धा हुने सम्भावना रहेको छ । अधिकारी र चापागाईं माओवादी निकट हुने भने आचार्य नेकपा(एस)का अध्यक्ष माधव नेपालका खास मान्छे हुन् । अध्यक्ष नेपालले आचार्यलाई बोर्ड अध्यक्ष बनाउने आश्वासन दिएको बताइन्छ ।

बोर्डकै कार्यकारी निर्देशक निरज गिरीले पनि लबिङमा छन्, उनी भने काँग्रेस निकट हुन् । त्यसका अलवा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकद्वय डा. गोपाल भट्ट र शिवनाथ पाण्डेको नाम पनि चर्चामा छ । नेप्सेका पूर्व सीईओ सिताराम थपलियाले पनि बोर्ड अध्यक्ष बन्ने इच्छा देखाएका छन् ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएर नेप्सेको सीईओबाट राजीनामा गरेका चन्द्रसिंह साउदले पनि बोर्ड अध्यक्ष बन्ने चाहना राखेका छन् । तर, उनलाई पुनः नेप्सेकै सीईओ बनाउने आश्वासन प्राप्त भएको बताइन्छ । साउदलाई प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको आशीर्वाद छ ।

बोर्डको अध्यक्षका लागि दरखास्त खुल्यो, यहाँ हेर्नुस् तपाईंको योग्यता र अनुभवले पुग्छ कि !

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्