Shikhar Insurance

धितोपत्र बोर्डमा शोभाकान्त पौडेलद्वारा अख्तियारीको चरम दुरुपयोग !

सिंहदरबार संवाददाता
२०७८ माघ १९, बुधबार १५:४४
NIMB
Nabil Bank

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले नेपाल धितोपत्र बोर्डमा विभिन्न चरणमा अख्तियारको दुरुपयोग गरेको पाइएको छ । अध्यक्षको पद रिक्त रहुञ्जेल सार्वजनिक निष्काशनको अख्तियारी पाएका अर्थ मन्त्रालयका सहसचिव पौडेलले यसविषयमा हकप्रदको सूचना चुहाएको र आफ्नै कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गर्दा आचारसंहिता विपरित गएर अनैतिक काम गरेको विषय सार्वजनिक भएको छ ।

तर, पौडेलले आफैं सञ्चालक रहेको इमर्जिङ नेपाललाई आईपीओको अनुमति दिँदा आफूले पाएको टीओआरभन्दा बाहिर गइ स्वेच्छाचारिता प्रदर्शन गरेको खुलेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

पुस २९ गते बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले अर्थ मन्त्रालयको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्ने सञ्चालक पौडेललाई समित आईपीओ, हकप्रद र ऋणपत्र स्वीकृत गर्ने अख्तियारी दिएको थियो । बैठकले पौडेललाई सम्बन्धित व्यवसायको नियमन गर्ने निकाय (नेपाल राष्ट्र बैंक, बीमा समिति, विद्युत नियमन आयोग आदि)बाट स्वीकृति प्राप्त गरेका धितोपत्रको निष्काशन (बुक बिल्डिङ्गबाहेक आईपीओ), हकप्रद सेयर तथा डिबेञ्चरको सार्वजनिक निष्काशन गर्ने स्वीकृति प्रदान गर्ने अख्तियारी दिएको पाइएको छ ।

उनले माघ ६ गते इमर्जिङ नेपाललाई आईपीओ निष्कासन गर्न दिएको स्वीकृत सञ्चालक समितिले दिएको अख्तियारी र धितोपत्र बोर्डको सञ्चालक सदस्यको लागि लागु हुने आचारसंहिताविपरीत रहेको पाइएको हो ।

आईपीओ जारी गर्न दिइएको स्वीकृत पाएका ६ कम्पनीको सूचीमा इमर्जिङ नेपाल लिमिटेड पनि छ जसका सञ्चालक पौडेल आफैं हुन्, सो कम्पनीले सम्बन्धित व्यवसायको नियमन निकायबाट स्वीकृति प्राप्त गरेको छैन । इ्न्भेष्टमेन्ट कम्पनी इमर्जिङ नेपाल सम्बन्धित नियामक छैन ।

पावर पाएका बेला अनुमति दिइहालौं भन्ने सोचमा पौडेल लागेको उनको व्यवहारबाट खुलेको हो । धितोपत्र बोर्डमा महिनौंदेखि अनुमित पाउने लाइनमा बसेका अरू कम्पनीलाई उछिन्दै इमर्जिङले अनुमति पाएको हो । इमर्जिङभन्दा अघि अनुमति माग्दै गएका कति कम्पनीहरू २०७६ सालदेखि पर्खाइमा छन् । तर, पौडेलले सञ्चालक भएका बेला तथा अख्तियारी पाएका बेला खुसुक्क ‘आफ्नो हात, जगन्नाथ’ गरेका हुन् ।

२०७८ असारमा आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड गएको इमर्जिङ वित्तीय कम्लायन्स पुरा गर्न अब्बल संस्था पनि होइन । रेटिङ एजेन्सी इक्राले उसलाई मध्यमस्तरको कम्लायन्स क्षमता भएको जनाउने डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । इमर्जिङ आफैं विवादित कम्पनी हो । कम्पनीमा विशाल ग्रुप र सरकारले संयुक्त लगानी गरेका छन् जसको नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा पनि लगानी छ ।

सरकारको प्रतिनिधि बनेर इमर्जिङ नेपाल र धितोपत्र बोर्डमा एकैपल्ट सञ्चाकल बनेका पौडेलले अख्तियारको दुरूपयोग गरेको बोर्डको निम्न निर्यणका आधारमा पुष्टि हुन्छ ।

२०७८ पुस २९ मा बसेको नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकको निर्णय यस्तो छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८ असोज १९ गतेको निर्णयानुसार अध्यक्ष पदमुक्त भएको र अर्को व्यवस्था भई नसकेको वर्तमान अवस्थामा बोर्डको काम कारवाहीलाई छिटो छरितो रुपमा सम्पादन गर्न आवश्यक देखिएको हुँदा धितोपत्र सम्बन्धी ऐन, २०६३, नेपाल धितोपत्र बोर्ड आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०६६, नेपाल धितोपत्र बोर्ड खरिद नियमावली, २०७४, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३, धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ र अन्य सम्बद्ध कानुनको अधीनमा रहने गरी सम्बन्धित व्यवसायको नियमन निकायबाट स्वीकृति प्राप्त गरेका धितोपत्रको निष्काशन (बुक बिल्डिङ्ग बाहेक), हकप्रद सेयर तथा डिवेञ्चरको सार्वजनिक निष्काशन गर्ने स्वीकृति प्रदान गर्ने तथा धितोपत्र व्यवसायीको सेयरधनीले ग्रहण गरेको सेयर बिक्री वा हस्तान्तरण अभिलेख गर्ने स्वीकृति प्रदान गर्ने कार्य गर्नका लागि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १७ को उपदफा (१) बमोजिम नेपाल सरकार अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्नुहुने बोर्ड सदस्य श्री शोभाकान्त पौडेललाई अख्तियारी प्रदान गर्ने निर्णय भयो ।”

निर्णयअनुसार सम्बन्धित व्यवसायको नियमन निकायबाट स्वीकृति प्राप्त गरेका कम्पनीलाई मात्र निष्काशनको स्वीकृति दिन पाउने अख्तियारी पाएका भएपनि पौडेलले कुनै नियामकबाट अनुमति नपाएको इमर्जिङलाई आईपीओ निष्काशनको स्वीकृति दिए ।

पौडेलले बोर्डले दिएको अख्तियारी विपरीत आईपीओ स्वीकृत गर्नुको साथै पदीय आचारसंहिता पनि काम गरेका छन् ।

“बोर्ड सदस्य धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्था वा धितोपत्र दर्ता तथा निष्काशन गरेका सङ्गठित संस्थाको आधारभूत शेयरधनी वा पदाधिकारी रहेमा त्यस्तो व्यवसायी, सूचीकृत संगठित संस्था वा धितोपत्र दर्ता तथा निष्काशन गरेका सङ्गठित संस्थाको सम्बन्धमा बोर्डलाई जानकारी दिई त्यस्तो संस्था सम्बन्धी हुने छलफल तथा निर्णयमा सहभागी हुनु हुँदैन,”  नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचार संहिता २०७४ मा यस्तो व्यवस्था छ ।

इमर्जिङ नेपालले माघ २६ गतेदेखि आईपीओ निष्कासन गर्दै छ ।

बोर्डमा शोभाकान्तको बदमासी, हकप्रद स्वीकृतीअघि भाञ्जा र आफन्तलाई दिए गोप्य सूचना !

GBIME

प्रतिक्रिया दिनुहोस्