Shikhar Insurance

कानुनअनुसार वित्तीय विवरण बीमा समितिमा पेश गर्न अध्यक्ष शिलवालको कम्पनीहरुलाई निर्देशन

सिंहदरबार संवाददाता
२०७९ असार २४, शुक्रबार १७:१२
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिका सूर्यप्रसाद सिलवालले आर्थिक वर्ष सकिने बित्तिकै वित्तीय विवरण बुझाउन कम्पनीहरुलाई निर्देशन दिएका छन् । समितिका अध्यक्ष शिलवालले कानूनले तोकेको मितिमा लेखापरीक्षण प्रतिवेदन समितिमा बुझाउन कम्पनीहरुलाई निर्देशन दिएका हुन् ।

समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) को संयुक्त आयोजना बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित समसामयिक विषयमा सम्पन्न अन्तरक्रियामा अध्यक्ष शिलवालले लेखापरीक्षण प्रतिवेदनबाट कम्पनीको वित्तीय अवस्था देखिने भएकाले आर्थिक वर्ष समाप्त भएपछि हिसावकिताव सार्वजनिक गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

“बीमा समिति र आईक्यान मिलेर बीमा क्षेत्रमा आर्थिक पारदर्शिता उजार गर्न खोजिएको छ । जनताको रकम लिएर जोखिम बहन गरेपछि जनताप्रति जवाफदेही बन्नै पर्छ । जहिले पनि जनताको हित सर्वोपरी हुनुपर्छ । लेखापरीक्षण प्रतिवेदनबाट कम्पनीको वित्तीय अवस्था देखिने भएकाले आर्थिक वर्ष समाप्त भएपछि हिसावकिताव सार्वजनिक गर्नै पर्छ र कानूनले तोकेको मितिमा लेखापरीक्षण प्रतिवेदन समितिमा बुझाउनै पर्छ । केही कठिनाई भए पनि अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एनएफआरएस–१७ कार्यान्वयन गर्नै पर्छ ।”

अध्यक्ष सिलवालले बीमा कम्पनीहरूको लेखा तथा लेखापरीक्षणको विश्वसनीयताका लागि गुणस्तर अभिवृद्धि, एनएफआरएस–१७ को कार्यान्वयन, जनशक्ति विकास, नयाँ प्रविधि अवलम्बन लगायतका विषयमा नियामक निकायहरू लगायत सम्बद्ध पक्षहरूको सहभागितामा एक कमिटी गठन गरी अगाडि बढ्नका लागि आवश्यक सहयोग गर्न समिति तयार रहेको बताए ।

सो अन्तरक्रिया बीमा कम्पनीहरूको लेखापरीक्षणको गुणस्तर अभिवृद्धि, नेपाल वित्तीय प्रतिवेदन मान–१७ ९एनएफआरएस–१७० को कार्यान्वयन, नयाँ प्रविधि अवलम्वन र जनशक्ति विकास लगायतका विषयमा बीमा समिति र आइक्यान लगायत बीमा क्षेत्रसँग सम्वद्ध संघ संस्थाहरू आपसी सहयोग एवम् सहकार्यका साथ अगाडि बढ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश कुमार लाल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, जीवन वीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ, आइक्यानका पदाधिकारी, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा वित्त विभाग प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्