Shikhar Insurance

सिंहदरबार तेस्रो बर्षमा, तथ्यको तराजुमा सत्य जोख्ने अभियान निरन्तर

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ७, आईतवार ०६:४१
NIMB
Nabil Bank

काठमाडौं । ‘आलोचनात्मक चेतसहितको सकारात्मक आर्थिक पत्रकारिता’को हाम्रो यात्राले दुई बर्ष पार गरेको छ । यो उचाई होइन, आधार मात्रै हो । मुलुकको अर्थ– राजनीतिलाई नियाल्ने हाम्रो दृष्टिकोणले समाजमा विस्तारै मान्यता पाउँदै गएको छ ।

हामी ताली मात्रै बजाउँदैनौं, फगत गाली मात्रै पनि गर्दैनौं । हाम्रा लागि सत्य र झुठको निरपेक्ष परिभाषा छैन । हामी सत्यलाई तथ्यको तराजुमा जोख्छौ र त हामी सबै घटनालाई सापेक्षतामा बिश्लेषण गर्छौ । लगानी, नाफा, पुँजीको सञ्चिती र पुनः लगानीको मान्यतामा हामी दृढ छौं ।

Citizen Life
Kumar Bank
Nepal Life

राजनीतिक स्वतन्त्रता र आर्थिक स्वतन्त्रतासहित जिम्मेवार राज्य मार्फत सम्पतिको पुनर्वितरण अनि तल्लो वर्गको उत्थान हाम्रो राष्ट्रिय कार्यभार हुनुपर्छ । धन कमाउनु अपराध होईन तर जसरी पनि धन कमाउन खोज्नेहरुलाई निरुत्साहित पार्नु हाम्रो कर्तव्य हो ।

वि.सं. २०७७ फागुन ७ गतेबाट सञ्चालनमा आएको सिंहदरबार डटकमले नेपाली आर्थिक अनलाइन सञ्चार जगतमा आफ्नो अलग पहिचान स्थापित गर्ने भगिरथ प्रयास गरिरहेको छ । दाेस्राे वार्षिकोत्सवसम्म आइपुग्दा सिंहदरबार विगतको निर्मम समिक्षा, वर्तमानको भरपुर उपयोगद्वारा सुनौलो भविष्य कोर्ने अभियानमा छ ।

दुई बर्षे यात्राका दौरान हामीलाई माया गर्ने पाठक, दर्शक, विज्ञापन दाता र समस्त शुभचिन्तकहरुमा हार्दिक आभार । आर्थिक पत्रकारितामा मानक स्थापीत गर्ने हाम्रो अभियान अविचलित र अनवरत रहनेछ । ठिक र बेठिकलाई तथ्यको तराजुमा जोख्ने हाम्रो अभियान निसन्देह अघि बढ्नेछ ।

हामी अझै परिस्कृत हुनेछौं । हामी थप परिपक्कतासहित आफ्ना पाठक/दर्शकहरुका माझ उपस्थित भैरहनेछौं ।

नारायण प्रसाद पौडेल
प्रकाशक तथा सम्पादक

GBIME

प्रतिक्रिया दिनुहोस्