Shikhar Insurance

‘लथालिङग अर्थतन्त्र’ बोकेर चुनावी अभियानमा अञ्जन, व्यवसायीक माहोल थप बिगार्दै

सिंहदरबार संवाददाता
२०७९ चैत्र १५, बुधबार १४:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको चैत २८ र २९ गते हुने साधारण सभामा बरिष्ठ अध्यक्ष पदका उम्मेदवार अञ्जन श्रेष्ठ पनि यतिबेला अन्य दुई प्रत्यासीहरु जस्तै देश दौडाहा छन् । श्रेष्ठसँगै रामचन्द्र संघाई र उमेश श्रेष्ठ पनि बरिष्ठ उपाध्यक्षका लागि चुनावी मैदानमा छन् । तर अञ्जनको चुनावी अभियान भने अन्य दुईको भन्दा विलकुलै भिन्न छ ।

उनले ‘लथालिङग अर्थतन्त्र’ बिषयको अभियान लिएर प्रदेश दौडाहा लगाईरहेका छन् । पोखराबाट व्यवसायीक घरानाका रुपमा उदाएका श्रेष्ठले महासंघको गत निर्वाचनमा बस्तुगत उपाध्यक्षको निर्वाचन जितेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

यसपाली बैंक र उद्यमी व्यवसायीबीच दरार उत्पन्न भएको छ । त्यहि दरारलाई अञ्जनसहितका उम्मेदवारहरुले चुनावी अस्त्र बनाएका छन् । ‘बैंकलाई जति ठूलो स्वर र कडा शब्दमा गाली गर्यो, उति भोट बढ्ने’ अनुमानसहित सबै उम्मेदवार मैदानमा छन् । ‘महासंघको निर्वाचनमा बैंकहरुलाई गाली गरेपछि भोट पाइन्छ भन्ने मनोविज्ञान प्रतिष्पर्धीहरुमा देखियो, उम्मेदवारहरुले देशभर डुलेर बैंकलाई गाली गरिरहेका छन्, यसले व्यवसायीक माहोल थप बिगारेको देखिन्छ’, एक बैंकरले सिंहदरबारसँग भने ।

अञ्जन पनि त्यहि सिको गर्दै हिडिरहेका छन् । बैंक विरुद्धको आन्दोलनको नेतृत्व भने महासंघमा जिल्ला नगर तर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले गरेका थिए । सुरुमा बरिष्ठ उपाध्यक्ष बन्ने भन्दै हिडेका उनी अन्ततः उमेश श्रेष्ठको प्यानलबाट पुनः जिल्ला नगरमा दोहोरिन राजी भएका छन् । बैंक विरुद्धको आन्दोलनको नेतृत्व गरेका दिनेशले उमेशलाई साथ दिएपछि अञ्जनले ‘ब्याजदर आन्दोलन महासंघको होइन’ भनेर अन्तरवार्ता नै दिन भ्याए ।

हेर्नुहोस अन्तरवार्ता

‘ब्याजदर आन्दोलन महासंघको होइन, समस्यामा परेका व्यवसायीलाई साथ मात्रै हाे’–उपाध्यक्ष श्रेष्ठ

अर्थतन्त्रमा दुई तिहाई बढी हिस्सा ओगट्ने नीजि क्षेत्र र त्यसको पनि सबै भन्दा ठूलो छाता संस्था नेपाल उद्योग बाणिज्य महासंघमा बरिष्ठ उपाध्यक्ष हुँदै स्वतः अध्यक्ष बन्ने अभियानमा रहेका श्रेष्ठले देश दौडेर ‘लथालिङग अर्थतन्त्र’ भन्दै व्यवसायीलाई थप त्रसित बनाईरहेका छन् ।

उनले मंगलबार मात्रै लुम्बिनी प्रदेशको चन्द्रौटा बजारमा पुगेर बैंकहरु विरुद्ध पुनः गाली गर्दै भने– ‘उद्योगी व्यवसायीलाई नाफामा २० प्रतिशत भन्दा धेरै लिन नपाईने भन्दै दशकौं पुरानो कानून लागु गरेर दुःख दिईन्छ तर बैंकले ब्याजदरमा ६० प्रतिशतसम्म प्रिमियम लिँदा सरकार र नियामकले वास्ता गर्दैनन् ।’

बैंकहरुलाई नाफा धेरै खाए भनेर गाली गर्ने श्रेष्ठको मूल व्यवसाय भने हुण्डाई कारको व्यापार हो । नेपालमा धेरै बजार हिस्सा ओगट्ने र व्यापाक नाफा कमाउने अटो मोबाइल कम्पनीहरुमा श्रेष्ठको लक्ष्मी इन्टरकन्टिनेन्टल पनि पर्छ । तर उनले लक्ष्मी इन्टरकन्टिनेन्टलले २० प्रतिशत भन्दा कम नाफा कमाएको छ भनेर कहिल्यै सार्वजनिक गर्नु आवश्यक ठानेनन् ।

उनी जिल्ला जिल्ला पुगेर साना व्यवसायीहरुलाई अत्याईरहेका छन् । पोखरामा उनले भनेका थिए– ‘हामीले सामान्य खर्च धान्नै सकेका छैनौं । अझ अहिलेको अवस्थामा बैंकको ऋण र ब्याजदर तिर्ने त कल्पना भन्दा बाहिरको कुरा हो ।’
उनले पोखरामा भोट बढाउने उदेश्यले अझै अघि भने–‘बेस रेट तोकिसकेपछि फेरी बैंकहरुले प्रिमियम ब्याज तोकेर थप किन लिने ? ब्याजदर १०प्रतिशत भन्दा धेरै गर्न हुँदैन् ।’

झापा पुगेर उनले भनेका छन्–‘अहिले बजारमा समस्या छ र हामी सबै ऋण र ब्याज तिर्न कठिनाई भोगिरहेका छौं । त्यसलाई कसरी समाधान गर्नेमा पनि उत्तिकै चिन्तित छु ।’ बैंकको ऋण र ब्याजको समस्या समाधान गर्ने उनको कस्तो योजना हो ? त्यसबारे भने केहि बोलेका छैनन् ।

शनिबार धनगढीमा लथालिङग सिरिज चलाएका श्रेष्ठले भनेका थिए–‘करका विषय नापतौल र मिसम्याचका विषयलगायत ऋण तिर्ने जस्ता आर्थिक समस्या छन् । यस्ता विषयहरुलाई सम्बोधन गर्न भनेर नै मैले विज्ञसहितको टिम तयार गरेको छु ।’ उनले सरकारको नीति माथि प्रश्न गर्दै भनेका छन्–‘सरकारको गलत नीतिले अहिले अर्थतन्त्रमा समस्या निम्त्याएको छ । यसले हामी सबैलाई पिडित बनाएको छ । यो गलत नीतिले कसरी अर्थतन्त्रलाई असर पार्छ भन्ने राम्रो उदाहरण हो ।’

शेखर–गगन सारथि
उनले आफ्नो देश दौडाहाका क्रममा नेपाली काँग्रेसभित्र पनि शेखर–गगन थापा समुहका भनेर चिनिने अर्थशास्त्री तथा विज्ञहरुलाई सँगै लगिरहेका छन् । शेखर कोइराला र गगन थापा निकटका अधिकांश काँग्रेस नेता तथा व्यवसायीह? उनको कार्यक्रममा सहभागी मात्रै भएका छैनन्, उनको चुनावी अभियानमै देखिन्छन् ।

अघिल्लो चुनावको हिसाब–किताब बाँकी नै
अघिल्लो चुनावमा आफ्नै टिमबाट एसोसिएट उपाध्यक्षमा निर्वाचन लडेका सौरभ ज्योतिलाई चुनाव हराएको, प्रतिष्पर्धी प्यानलको नेतृत्वकर्ता चन्द्र ढकाललाई बरिष्ठ उपाध्यक्षमा सहयोग गरेको आरोप उनीमाथि लागेको थियो ।
यसपालीको बरिष्ठ दौडमा सौरभले बाटो रोक्न सक्ने आंकलन गर्दै अञ्जनले रामचन्द्र संघाईलाई सघाएको आरोप छ । बरिष्ठ उपाध्यक्षमा पनि आफुलाई उम्मेदवार बनाईदिएका किशोर प्रधानलाई क्रस गरेर चन्द्र ढकाललाई सहयोग गरेका आरोप उनीमाथि छ ।

सुध्रिँदो अर्थतन्त्रबारे केहि बोल्दैनन्
चैत २८ पछि महासंघको अध्यक्ष बन्ने हालका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफ्ना हरेक भाषणह?मा अर्थतन्त्रमा क्रमिक सुधार हुँदै गएकाले व्यवसायीहरु आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउने गरेका छन् । तर एउटै मञ्चमा पुगेर सम्बोधन गर्दा पनि अञ्जनले भने कहिल्यै सकारात्मक अभिव्यक्ति दिँदैनन् । उनी जहिल्यै सरकारको नीतिका कारणले संकट आएको र अहिले बैंक ऋणको साँवा र ब्याज तिर्नै नसकिने बताउँछन् ।

छैन् आफ्नै एजेण्डा
अहिले बैंकिङ क्षेत्र भर्सेस अन्य क्षेत्रका रुपमा महासंघको चुनाव हुने आंकलन गरिएको छ । तर अञ्जन श्रेष्ठले न बैंक बिरोधी आन्दोलनको ‘सेन्टिमेन्ट’ तान्न सकेका छन् न त बैंकिङ क्षेत्रसँग सम्बद्ध व्यवसायीहरुलाई नै रिझाउन सकेका छन् । ‘अञ्जन श्रेष्ठसँग महासंघको नेतृत्वमा पुग्ने आफ्नै केहि एजेण्डा नै छैन्, उनी माहोल हेरेर भाषण गरिरहेका छन्’, केन्द्रिय सदस्यका एक उम्मेदवारले सिंहदरबारसँग भने ।

टिम अञ्जन
श्रेष्ठले महासंघ निर्वाचनका लागि आफ्नो नेतृत्वमा उपाध्यक्षहरु सम्मिलित टिम सार्वजनिक गरेका छन् । जसमा जिल्ला नगर तर्फको उपाध्यक्षमाअरुण सुमार्गीलाई अघि सारिएको छ भने बस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान उम्मेदवार बन्दैछन् । एसोसिएट उपाध्यक्षमा भने ज्योत्सना श्रेष्ठ उम्मेदवार बनेकी छिन् । ‘अञ्जनको समुहबाट चुनाव जित्ने ज्योत्सना श्रेष्ठले हो’ भन्ने व्यवसायीहरुको संख्या ठूलै छ । त्यसो त उनले महासंघको निर्वाचनमा ठूलो मतभार भएका क्षेत्रहरु र समुहहरुबाट उम्मेदवार बनाउन नसकेको आरोप छ । बस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार मनिषलाल प्रधान र ज्योत्सना श्रेष्ठ दुबै जना सुनचाँदी व्यवसायमा आवद्ध छन् । अरुण सुमार्गी भने मकवानपुरलाई आधार बनाएर उद्यमी व्यवसायीहरुको राजनीतिमा सक्रिय पात्र हुन् । उनी माओवादी केन्द्र निकट मानिन्छन् ।

कमजोर छैन् तयारी
अञ्जन श्रेष्ठले अघिल्लो निर्वाचनमा यसपालीको चुनावको तयारी सुरु गरेका थिए । सम्भावित प्रतिष्पर्धीका ?पमा देखिएका सौरभ ज्योतिलाई चुनाव हराउन भूमिका खेलेर उनले अघिल्लो चुनाबबाटै आफ्ना लागि बाटो चौँडा बनाउँदै लगेका थिए । चुनाव सकिए लगत्तै उनले अहिलेको चुनावको तयारी थालेका थिए । बरिष्ठ उपाध्यक्ष हुँदै महासंघको नेतृत्वमा पुग्नका लागि उनले बिगतका बर्षहरुदेखि नै सुक्ष्म रुपले तयारी गरिरहेको घट्नाक्रहरुले देखाउँछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्