Shikhar Insurance

फेरिए अर्थसचिव, दोहोरिए ‘हिम्मतिला’ कृष्ण हरि पुष्कर

सिंहदरबार संवाददाता
२०८० भाद्र ३१, आईतवार २१:२३
NIMB
Nabil Bank

काठमाडौं । सरकारले अर्थ सचिव फेरेको छ । सरकारले अर्थ सचिव अर्जुन पोखरेलको ठाउँमा डा. कृष्णहरि पुष्करलाई ल्याएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव पुष्करलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको स्रोतले सिंहदरबारलाई जानकारी दियो ।

पुष्कर दोस्राेपटक अर्थ सचिव बनेका हुन् ।  यसअघि  पुष्कर राजस्व सचिवबाट अर्थ सचिव बनेका थिए । तत्कालीन अर्थ सचिव मधु मरासिनी र अर्थमन्त्री जनार्दन शर्माको कुरा नमिलेपछि मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर राजश्व सचिव रहेका पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिइएको थियो । उनलाई निर्णय गर्न सक्ने हिम्मतिला प्रशासक मानिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

‘काबिल’ सचिवको खोजी, टिम फेर्दै अर्थमन्त्री

GBIME

प्रतिक्रिया दिनुहोस्