Shikhar Insurance

जर्जर अर्थतन्त्रमा उर्वर बन्दै पाकिस्तानी सेयर बजारः एक हप्तामै ४५३२ अंकको वृद्धि

सिंहदरबार संवाददाता
२०८० मंसिर २५, सोमबार ०८:२६
NIMB
Nabil Bank

काठमाडौं । पाकिस्तानको स्टक मार्केटमा यतिबेला ऐतिहासिक उभार आईरहेको छ । लगातार कैयौं हप्तादेखि स्टक मार्केट बढेर हरेक दिन जस्तो इण्डेक्सले नयाँ रेकर्ड कायम गरिरहेको छ ।
अघिल्लो हप्ताको अन्तिम दिन सेयर बजारको इण्डेक्स एकै दिन ६५ हजारबाट बढेर ६६ हजारको लेभलमा पुग्यो र पाकिस्तानको इतिहासमा ६६२२३ अंकमा पुगेर बन्द भयो ।

सेयर बजारमा अक्टोबरको मध्यदेखि वृद्धि सुरु भएको थियो, जतिबेला इण्डेक्स जम्मा ५०,००० अंकमा थियो । तर दुई महिनामै इण्डेक्स १६ हजार अंकले वृद्धि भैसकेको छ । अक्टोबरको मध्यदेखि अहिलेसम्म बजारमा आएको नयाँ नयाँ रेकर्डलाई बजार विश्लेषकहरुले भने पाकिस्तानको आर्थिक सूचकमा देखिन लागेको सुधारका रुपमा हेर्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बिशेष गरि पाकिस्तान र आइएमएफका अधिकारीबीच ७० करोड डलरको किस्ताबन्दी ऋण लिएपछि बजारमा आत्मविश्वास बढेको बताइन्छ । जुन पाकिस्तानको विदेशी लगानीका लागि निकै महत्वपूर्ण मान्न थालिएको छ ।

तर, पाकिस्तानको सेयर बजार त्यस्तो समयमा ऐतिहासिक रेकर्डसहित बढिरहेको छ, जतिबेला देशको अर्थतन्त्र भने मुस्किल र संकटको शिकार भैरहेको छ । देशका उद्योग व्यवसाय संकटले घेरिएका छन् । आम पाकिस्तानीहरु महंगीको चपेटामा छन् । यसै साता मात्रै ग्यास र बिजुलीको मूल्य बढेर नागरिकमा हैरानी छ । पाकिस्तानमा पेट्रोलियम र खाने–पिउने समानको मूल्य इतिहासकै सर्वाधिक महंगो बिन्दुमा पुगिसकेको छ ।

अब प्रश्न उठ्छ की पाकिस्तानी सेयर बजारको ऐतिहासिक रेकर्डहरुले के पाकिस्तानको अर्थतन्त्रको प्रतिबिम्ब देखाउँछ ? के यसबाट आम पाकिस्तानी नागरिकलाई केहि फाइदा पुगेको छ वा अब फाइदा पुग्नेछ ?

ऐतिहासिक वृद्धि जारी रहन्छ ?
सेयर बजारको इण्डेक्समा यसै हप्ता मात्रै ४५३२ अंकको वृद्धि भैसकेको छ ।
तर यो वृद्धि के आर्थिक कारणले हो वा अनुमानमा आधारित उत्साहका कारणले भएको हो ?
वित्तिय क्षेत्रका बिशेषज्ञ सना तौफिकका अनुसार यो वृद्धि कुनै बुलबुलका कारण मात्रै देखिएको होइन किन जुन छिट्टै फुटोस, यो त भविष्यमा पनि निरन्तर कायम रहन सक्नेछ ।
तौफिकले बजारमा यस्तो खालको उभार लामो समयदेखिको प्रतिक्षाबाट प्राप्त भएको बताइन । खराब आर्थिक स्थितिले बजारमा नकारात्मक प्रभाव पारेको थियो र कम्पनीहरुको सेयर मूल्य निकै तल गएको थियो ।

७५ हजार अंकसम्म पुग्न सक्छ बजार
आर्थिक विश्लेषज्ञ तथा बैंक अफ पञ्जाबका चिफ इकोनोमिष्ट सायम अलीले बजारमा देखिएको तिब्र वृद्धिका पछाडी केहि कारण रहेको बताए । पाकिस्तानी अर्थतन्त्रमा हुन लागेको रिकभरीको प्रतिक्रिया सेयर बजारले देखाएको अलीले बताए ।

आइएमएफ र पाकिस्तानबीचको सम्झौताले सेयर बजारमा सकारात्मक सन्देश दिएको दावी पनि गरे ।

आर्थिक मामिलाका जानकार समीउल्लाह तारिकका अनुसार सेयर बजार अझै माथि जान सक्छ र त्यसले ७० देखि ७५ हजारको आँकडा पार गर्न सक्छ ।

सेयर बजारमा रफ्तार किन ?
पाकिस्तानी अर्थतन्त्रका केहि सूचकहरुमा सुधार देखिन थालेका छन् । चालु खाता घाटामा कमी आएको छ । विनियम दरमा केहि सुधार देखिँदै छ । तर पनि पाकिस्तानको औद्योगीक विकासको गति भने अझै पनि मन्दिकै शिकार भैरहेको छ । आम नागरिक महंगीको मारमा परिरहेका छन् । तर पनि सेयर बजारको उत्साहले देशको अर्थतन्त्र सुधारको बाटोमा अघि बढिरहेको र भविष्यमा सकारात्मक स्थिति तयार हुने संकेत देखिएको सना तौफिकको भनाई छ ।
सायम अलीले देशको अर्थतन्त्रमा पूर्णतः सुधार नआएको तर आंशिक सुधारमा देखिन थालेको दावी गरे ।

सेयर बजारको वृद्धिले आम नागरिकलाई के फाइदा ?
पकिस्तानमा यतिबेला महंगी दर ३० प्रतिशत छ । आम नागरिक बिजुली र ग्यास तथा पेट्रोलको अधिक मूल्यका कारण निकै आक्रोशित छन् । सायम अलीका अनुसार सेयर बजारको वृद्धिले आम नागरिकको जीवनमा सिधै कुनै फाइदा दिँदैन । तर कम्पनीहरुको आम्दानी राम्रो हुँदै गएमा तिनले दिने लाभांशबाट बजारका लगानीकर्ताले आम्दानी गर्नेछन् र भविष्यमा पुँजी लगानी बढेर उत्पादन पनि वृद्धि हुन सक्छ र रोजगारी पनि बढ्न सक्छ । जसले दिर्घकालिन रुपमा आम नागरिकलाई पनि फाइदा पुग्नेछ ।

सना तौफिकका अनुसार स्टक मार्केटमा पुँजी लगाानीकर्ताको संख्या २५० हजार छ, जो २२ करोड जनसंख्या भएको देशका लागि निकै कम हो ।

कुन क्षेत्रका कारण आयो बहार ?
पाकिस्तानको सेयर बजारमा बिभिन्न क्षेत्रका कम्पनीहरुको मूल्य बढिरहेको छ । पाकिस्तानका बैंकहरुको आम्दानी निकै बढेको छ, जुन अधिक ब्याजदरका कारण सम्भव भएको हो । तेल कम्पनीहरुको मूल्यमा पनि भारी बढोत्तरी भैरहेको छ । जसमा विदेशी लगानीकर्ताले पुँजी लगाएको सूचना आईरहेका छन् । तेलको बढ्दो मूल्यका कारण पनि यी कम्पनीहरुको सेयर भाउ बढेको हो ।

गत हप्ता बैंकहरुको सेयर मूल्य १७०४ प्रतिशतले बढेको छ भने तेल कम्पनीहरुको मूल्य एक हजार प्रतिशतसम्मले बढेको छ ।

विदेशी पैसा पनि लागिरहेको छ ?
बजारको वृद्धिलाई हेर्दा स्थानीय लगानीकर्तासँगै विदेशी लगानीकर्ताले पनि ठूलो मात्रामा लगानी गरिरहेको देख्न सकिन्छ । सनाले भनेकी छिन् की स्थानीय र विदेशी लगानीकर्ताले पुँजी बजारमा छन् र यसपाली विदेशी लगानीकर्ताले ३० करोड डलर लगानी गर्न सक्छन् ।

पकिस्तानी स्टक मार्केटमा नोभेम्बरमा साढे ३ करोड डलर विदेशी लगानी आएको थियो जुन, पछिल्लो ६ बर्षकै उच्च पुँजी लगानी हो । डिसेम्बरको पहिलो हप्ता नै विदेशी लगानीकर्ताले स्टक मार्केटमा एक करोड १० लाख डलर भन्दा बढी पुँजी लगानी गरिसकेका छन् ।-बीबीसीका लागि पाकिस्तानी पत्रकार तनवीर मलिकले तयार पारेको सामग्रीको अनुवादित अंश 

GBIME

प्रतिक्रिया दिनुहोस्