Shikhar Insurance

‘हिमालयन रि’को प्रिमियम आईपीओलाई उच्च अदालतले रोकेन

सिंहदरबार संवाददाता
२०८० मंसिर २६, मंगलवार १७:२५
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रिमियम आईपिओ रोकी पाउँ भन्दै परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । हिमालयन रिको प्रिमियम आईपिओ रोकिपाउँ भन्दै उच्च अदालत पाटन अदालतमा अधिवक्ता हरि केसीले रुपमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

उच्च अदालत पाटनमा परेको रिटमा आज अदालतले अन्तरीम आदेश दिन अश्विकार गरेको हो । हिमालयन रिले भोलि मंसिर २७ गतेबाट सर्वसाधारणलाई आइपिओ निष्कासन गर्दैछ । उच्च अदालतले सोही प्रकृतिको मुद्धा सर्वाेच्च अदालतमा विचाराधिन रहेका कारणले अन्तरिम आदेश दिन नमानेको हो । सर्वाेच्च अदालतले पुस ४ गते अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे अर्काे पेशी तोकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हिमालयन रिले प्रतिसेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले सर्वसाधारणका लागि प्रिमयम मुल्यमा निष्कासन गर्दैछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्