Shikhar Insurance

भूकम्पमा मारिएका व्यक्तिका परिवारले पाए बीमा बापतको रकम

सिंहदरबार संवाददाता
२०८० पुष २, सोमबार १२:३९
NIMB
Nabil Bank

त्रिवेणी। गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका व्यक्तिका सदस्यहरुलाई राष्ट्रिय बीमा कम्पनीले बीमा बपतको रकम उपलब्ध गराएको छ ।

कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका नागरिकको प्राकृतिक विप्दबाट मृत्यु भएमा प्रतिव्यक्ति  २ लाखका दरले राहत रकम उपलब्ध राउन राष्ट्रिय बीमा कम्पनीसँग २०७६ साल चैत्र १ गतेदेखि लागु हुने गरी प्राकृतिक विपत् दुर्घटना बीमा कार्यक्रम सुरु गरेको थियो । सोहीअनुसार बीमा कम्पनीले भूकम्प पीडित क्षेत्रमा पुगेर मृतक परिवारका सदस्य  तथा हकवालालाई नगद राहत हस्तान्तरण गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त कम्पनी, बीमा प्राधिकरण तथा कर्णाली प्रदेश आन्तरिक माामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीलगायतको सहभागितामा आठबीसकोट नगरपालिकाका ३४ मृतकका हकवालालाई प्रतिव्यक्ति २ लाखका दरले ६८ लाख प्रदान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए।

बाँकी आठ मृतकका परिवारलाई भने कागजात नपुगेकाले केही समय लाग्ने बताइएको छ । यस्तै सानीभेरी गाउँपालिकामा मृत्यु भएका १२ मृतक परिवारका सदस्यहरुलाई पनि बीमा कम्पनीले २ लाखका दरले राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले जानकारी दिए। उनका अनुसार मृतकका परिवारलाई  वडामै पुगेर २ लाखका दरले २४ लाख  उपलब्ध गराइएको थियो । चौरजहारी नरपालिकामा पनि भूकम्पका कारण एक जनाको मृत्यु भएको र निजका परिवारले पनि बीमाबापतको  रकम पाउन बाँकी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए।

जिल्लामा ४६ मृतकका परिवारले २ लाखका दरले ९२ लाख पाएका छन् भने अझ नौ  जनाले रकम पाउन बाँकी छ । गत कात्तिक १७ गते राति भूकम्प जाँदा रुकुम पश्चिमा ५३, सानीभेरी गाउँपालिकाका दुई जनाको मृत्यु भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्